‘पेटीकोट’ प्रदर्शनबारे संसदमा चर्काचर्की


प्रकाशित मिति :2018-08-21 17:09:07

–महिला खबर–

ललितपुर । प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौंको माइतीघर मण्डलामा बलात्कारीलाई फाँसीको माग गर्दै पेटीकोट लगाएर भएको प्रदर्शनबारे सांसदबीच चर्काचर्की भयो ।

दिन प्रतिदिन बढ्दै गइरहेको बलात्कार र बलात्कारीलाई फाँसीको माग गर्दै भदौ २ गते पेटीकोट लगाएर भएको विरोध प्रदर्शन बारे सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच चर्काचर्की भएको हो ।

लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्न पाउनु हरेक नागरिकको अधिकार हो भन्दै प्रदर्शनकारी महिलामाथि प्रहरीबाट भएको ज्यादती बारे काँग्रेसकी पुष्पा भुषालले शून्य समयमा विरोध जनाएपछि सत्ता पक्षका सांसदले सरकारको बचाउ गरे ।

सांसद भुषालले पछिल्लो समय बलात्कार विरुद्ध चौतर्फी विरोध हुँदा समेत सरकार कानमा तेल हालेर बसेको आरोप लगाइन् ।

उनले भनिन्, ‘अधिकारकर्मीले बलात्कारको विरोध गर्दा प्रहरीले लछारपछार गर्ने, लाठी बर्साउने जस्ता काम कुन कानून र कुन संविधानको धारा अन्तरगत भयो ?’ उनले प्रहरीले कानुनको दुरुपयोग गरेको पनि आरोप लगाइन् ।

सांसद भुसालले उक्त विषयमा गम्भीर छलफल होस् भन्दै सदनमा प्रस्तुत गरेको संकल्प प्रस्ताव छलफलको विषयबस्तु बनाउन आग्रह गरिन् ।

सांसद खगराज अधिकारीले बलात्कारीमाथि हदैसम्मको सजाय हुनुपर्नेमा माग गरे । तर महिलाहरुले कपडामाथि लगाएको पेटीकोटलाई ‘नाङ्गो प्रदर्शन’ को संज्ञा दिँदै उनले मण्डला जस्तो पावन भूमिमा यस्तो काम गर्न हुन्छ कि हुँदैन भनेर प्रश्न गरे ।

सांसद अधिकारीले नाङ्गो प्रदर्शन भनेपछि सांसद पुष्पा भुषालले नाङ्गो प्रदर्शन भन्नु संसदको मान मर्यादा विरुद्ध भएको भन्दै, संसदको रेकर्डबाट उक्त शब्द हटाउन समेत माग गरिन् । नाङ्गो शब्द प्रयोग गरेर सांसद खगराज अधिकारीले नारी अस्मितामाथि नै प्रहार गरेको आरोप लगाइन् ।

शून्य समयमा बोल्ने अर्का सांसद बहादुरसिंह लामा तामाङले प्रत्येक दिन अपहरण, बलात्कार जस्ता जघन्य अपराधका घटना मान्छेको जीवन शैली जस्तै भएको भन्दै सरकार चिर निन्द्रामा परेको आरोप लगाए ।

सांसद नरबहादुर धामीले गएको साउन १० गते कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिकाको घटनाका मुख्य दोषीलाई लुकाउने प्रयास गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: