हिंसा बढेको भन्दै आयोगको ध्यानाकर्षण


प्रकाशित मिति :2018-08-22 13:53:30

–महिला खबर–

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले महिलामाथि बलात्कार तथा सामूहिक बलात्कारका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगका सचिव वेद भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै राज्यले गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याउन नसकेको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

बलात्कार र हत्या जस्ता गम्भीर प्रकृतिका अपराधबाट पीडित भएकाहरुको पक्षबाट प्रभावकारी अनुसन्धान र अभियोजन हुन नसक्दा अपराधका घटनाको कानूनी पक्ष कमजोर हुने, प्रमाण संकलनमा ढिलाई भई प्रमाण लोप हुनसक्ने, सामाजिक वहिष्करणमा पर्ने डरले घटनालाई आन्तरिक रुपमा मिलापत्र गराउने, साक्षी संरक्षणको व्यवस्था हुन नसक्ने जस्ता कारणबाट हिंसापीडित महिला तथा बालिकाहरु न्यायबाट वञ्चित हुनपुग्ने आयोगको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानले व्यक्तिको न्यायसम्बन्धी हक तथा यौनजन्य हिंसालाई कानून बमोजिम दण्डनीय हुने उल्लेख गर्दै पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गर्न समेत आग्रह गरेको छ ।

आयोगले हालै नेपालका ७७ जिल्लामै मानवअधिकारका मूल चुनौतीका विषय सम्बन्धमा गरेको अध्ययनबाट समेत महिला हिंसा देशको मूल समस्याको रुपमा रहेको पाइएको उल्लेख गरिएको छ ।

महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणमा प्रहरीले खेल्ने भूमिकालाई आयोगले उच्चप्राथमिकताका साथ हेरिरहेको आयोगले जनाएको छ ।

आयोगले बलात्कार, हत्या, महिला हिंसालगायतका घटनाहरुमा प्रहरीको जवाफदेहिता अभिवृद्धि गर्न नेपाल प्रहरीसँगको सहकार्यमा सातै प्रदेश र काठमाडौं उपत्यकामा महिला मानवअधिकार संरक्षण एवं सुरक्षासम्बन्धी कार्यक्रम आयोजना गर्दैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: