अपडेटः महेन्दनगर आज पनि तनावग्रस्त


प्रकाशित मिति :2018-08-22 13:56:04

–महिला खबर –

ललितपुर । बालिका बलात्कारपछि हत्या गर्ने वास्तविक दोषी पक्राउ नपरेको भन्दै आन्दोलनकारीले आज पनि कञ्चनपुरमा आन्दोलन जारी राखेका छन् ।

महेन्द्रनगरका व्यापारी नै हिजोदेखि पसल बन्द गरेर आन्दोलनमा सहभागी भएका कारण महेन्द्रनगर बजार ठप्प छ । आन्दोलनमा स्थानीय, व्यापारी, अधिकारकर्मी, विद्यार्थी लगायत सहभागी छन् । आन्दोलनका कारण यातायात पनि चल्न सकेको छैन ।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिकाका वास्तविक हत्यारालाई लुकाउन खोजेको भन्दै स्थानीय र अधिकारकर्मीले ६ दिनदेखि जिल्ला प्रशासन कार्यालयको गेटमा रिले अनसर गरिरहेका छन् ।

प्रहरी प्रशासनको लापरवाहीका कारण दोषीको पहिचान हुन नसेको भन्दै आक्रोसित भीडले आज बिहान जिल्ला प्रशासन कार्यालयको गेटमा टायर बालेर ढुंगा बर्साउन थालेपछि भीड नियन्त्रण गर्न प्रहरीले ११ राउण्ड अश्रु ग्यास प्रहार गर्नुपरेको डीएसपी ज्ञान बहादुर सेट्टीले महिला खबरलाई बताए ।

आन्दोलनकारीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गर्न समेत माग गरेका छन् ।

प्रहरीले घटना भएको २६ दिनपछि सोमबार हत्या अभियोगमा ४१ वर्षका केशब बिष्टलाई पक्राउ गरि सार्वजनिक गरेको थियो ।

मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई दोषी देखाएर सार्वजनिक गरेको भन्दै उनीहरुले मंगलबार दिनभर पनि आन्दोलन गरेका थिए ।

यो पनि हेर्नुहोस्

बलात्कारीलाई फाँसीको माग, बालिकाको शव उठ्न दिइएन

कैलाली–कञ्चनपुर घटनामा छानबिन समिति माग (हेर्नुहोस् भिडियो)

बलात्कारपछि हत्या गरिएकी बालिकाको दाहसंस्कार

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: