कञ्चनपुर घटनाः प्रहरीको गोलीबाट चार घाइते


प्रकाशित मिति :2018-08-23 13:26:01

–महिला खबर–

ललितपुर । कञ्चनपुरमा आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएको छ । १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने वास्तविक दोषीको पहिचान हुन नसकेको भन्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएका हो ।

महेन्द्रनगरस्थित ट्राफिक चोकमा आन्दोलनकारीले सुरक्षा घेरा तोड्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।

पत्रकार वीपी अनमोलका अनुसार प्रहरीको गोलीबाट चार जना आन्दोलनकारी घाइते भएका छन् । घाइते हुने व्यक्तिको नाम खुल्न सकेको छैन ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका डीएसपी ज्ञानबहादुर सेट्टीका अनुसार घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

डीएसपी सेट्टीले गोली किन चल्यो र कति घाइते भए भन्ने बारेमा भने अहिले केही भन्न नसकिने बताए ।

आन्दोलनकारीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेट्टीको सरुवा हुनुपर्ने माग गर्दै आन्दोलन चर्काएका छन् ।

शान्तिपूर्ण आन्दोलनमा उत्रिएका प्रहरीमाथि प्रहरीले गोली चलाएपछि महेन्द्रनगरको अवस्था तनावपूर्ण भएको वरिष्ठ पत्रकार खेम भण्डारीले महिला खबरलाई बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: