कञ्चनपुरमा १२ घण्टाका लागि कर्फ्यु


प्रकाशित मिति :2018-08-23 17:25:50

–महिला खबर–

ललितपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भिमदत्तनगर नगरपालिकामा १२ घण्टाका लागि कर्फ्यु लगाएको छ ।

१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने व्यक्तिको पहिचान हुन नसकेको भन्दै स्थानीय र अधिकारकर्मीले थालेको आन्दोलनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालयले नगरपालिकाभित्र कर्फ्यु लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी कुमार खड्काद्वारा जारी विज्ञप्तिमा अहिले बेलुकी ५ बजेदेखि भोली बिहान ५ बजेसम्मका लागि कर्फ्यु लगाएको उल्लेख छ ।

प्रशासनले यो आदेश कोही कसैबाट उलंघन भएमा कानुन बमोजिक कडा कार्वाही हुने चेतावनी समेत विज्ञप्तिमा दिएको छ ।

आज दिउसो ट्राफिक चोकमा आन्दोलनकारीले सुरक्षा घेरा तोड्न थालेपछि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर कञ्चनपुरको सुडाका तिर्थराज पनेरु, भिमदत्तनगरपालिकाका अर्जुन भण्डारी, कैलालीका सन्तोष कठरीया र कञ्चनपुरको भासिका तेज भटट् घाइते भएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: