१८ वर्षमुनिका बालबालिकालाई सीमाबाट एक्लै भारत जान रोक


प्रकाशित मिति :2018-08-24 11:30:37

–निशु जोशी–

नेपालगञ्ज । नेपालगञ्जको जमूनाह नाकाबाट बालबालिकालाई एक्लै भारत जान प्रहरीले रोक लगाएको छ । बालबालिका एक्लै भारत जाँदा जोखिममा पर्ने भन्दै रोक लगाएको हो ।

नेपालमा भुकम्पपछि मानव तस्करहरूले विभिन्न प्रलोभनमा पारेर पश्चिम नेपालका पहाडी जिल्लाहरूबाट ठूलो सङ्ख्यामा बालबालिकालाई भारत लैजान थालेपछि कडाइ गरिएको सीमा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दैनिक तीनदेखि १२ जनासम्मको समूहमा भारत जान थालेका बालबालिकासँग सोधपुछ गर्दा उनीहरुलाई प्रलोभनका परेर जोखिमपूर्ण काममा भारत जान थालेको पाइएको थियो । त्यसपछि उनीहरूलाई नेपाल फिर्ता गर्नुका साथै त्यस्ता बालबालिकालाई भारत जान कडाइका साथ रोक लगाइएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी नायब निरीक्षक शिव ओलीले जानकारी दिए ।

नेपाल भारत सीमास्थित माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार नेपालगञ्ज नाकाबाट भारत जाने बालबालिकामध्ये बालिकाको संख्या धेरै रहने गरेको छ ।

माइती नेपालको सन् २०१७ को तथ्याङ्क अनुसार, जोखिमपूर्ण यात्रामा रहेका १ हजार ७१ बालबालिकालाई सीमाबाट उद्दार गरिएको छ । ति मध्ये ४ सय २७ जना बालिका रहेका छन् भने ३४ बालक छन् ।

१८ वर्षमाथिका ६ सय १० जना महिला नेपाल भारत सीमामा जोखिमपूर्ण यात्रामा रहेको अवस्थामा उद्दार गरिइको छ । त्यस्तै, १८ वर्षमूनिका २ सय ८२ जना बालिका र १ सय ६७ जना बालक खोजतलासका तथा उद्दारका निवेदन परेकोे थियो ।

१८ वर्षमाथिका ३ सय ८५ जना महिला खोजतलासका तथा उद्दारका लागि निवेदन परेको कोइरालाले जानकारी दिए । भारतका विभिन्न ठाँउबाट २० जना बालिका र ९ जना बालकको उद्दार गरिएको ेछ भने १८ वर्ष माथिका ३८ महिलाको उद्दार गरिएको उनले बताए ।

बेचविखनको जोखिममा पर्ने महिला तथा बालबालिकाको संख्या बढ्दै गएपछि अझ बढि संवेदनशिल भएको प्रहरीले जनाएको छ । पहिले घटना नआउने जिल्ला मुगु, डोल्पा, जुम्लाबाट पनि बालबालिका खोजतलासको लागि निवेदन आउन थालेकाले पनि जोखिम बढेको उनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: