चितवनमा बलात्कार विरुद्ध बृहत र्‍याली


प्रकाशित मिति :2018-08-24 13:43:56

–महिला खबर–

ललितपुर । चितवनका अधिकारकर्मीहरुले बलात्कार तथा यौनजन्य हिंसा रोक्न दबाब दिँदै आज शुक्रबार चितवनमा बृहत र्‍याली निकालेका छन् ।

 

जिल्लामा क्रियाशिल २५ बढी सामाजिक संघ संस्था तथा अधिकारकर्मीहरुले संयुक्त रुपमा यौनजन्य हिंसा विरुद्धको साझा अभियान अन्तर्गत भरतपुरमा र्‍याली निकालेका हुन् ।

 र्‍यालीसहित उनीहरुले भरतपुर महानगरपालिकामा ज्ञानप पत्र बुझाएका थिए । त्यसैगरी बलात्कार तथा यौनजन्य हिंसा अन्त्यको लागि विभिन्न ९ बुँदे माग सहितको ज्ञानपन पत्र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री, गृहमन्त्री तथा प्रदेश नम्बर ३ का मुख्यमन्त्री लगायतलाई ज्ञानपन पत्र बुझाएका हुन् ।

उनीहरुले बलात्कार विरुद्धको कानून संशोधन, १० वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई सर्वस्वसहित जन्मकैद, पीडितलाई मुद्धा दर्ताकै मितिमा राज्यकोषबाट क्षतिपूति दिनुपर्ने लगायतका माग राखेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: