लैंगिक दृष्टिमा फौजदारी र अपराध संहिता


प्रकाशित मिति :2018-08-24 15:28:09

–महिला खबर–

ललितपुर । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कानुनको प्रयोगबाट आउने जटिलता सुधार गर्दै लगिने बताएका छन् ।

‘फौजदारी र देवानी दण्ड संहिता : लैंगिक दृष्टिमा’ विषयक साप्ताहिक टेलिभिजन कार्यक्रम समकोणको छलफलमा मन्त्री ढकालले भने, ‘भर्खरै लागु भएका दण्ड संहिताको परिपालनामा सरकार कतै चुक्ने छैन ।’

मन्त्री ढकालले आमाको नाममा नागरिकता दिन कानुन उदार बनेको बताउँदै अंशमा छोराछोरी दुबैको समान अधिकार रहने व्यवस्था भएको जानकारी दिए ।

रजस्वला भएका महिलालाई छाउपडीमा राख्ने वा भेदभाव तथा छुवाछुतको व्यवहार गर्ने कार्यलाई कानुनले दण्डनीय बनाएको उनको भनाई छ । ‘सरकार यी प्रावधान लागु गर्न कडाईसाथ लाग्नेछ’ मन्त्री ढकालले थपे, ‘महिलामाथि हुने यस्तो दुव्र्यवहार रोक्न सरकार सबैको हातेमालो चाहन्छ ।’

उनले नेपाली सेनाको काठमाडौं हनुमानढोका स्थित रणभैरव गणको भगवती पिठमा महिनावारी भएकी महिलालाई पस्न नदिनेगरि सुचना टाँसिएको भन्ने विषयमा सोहि कार्यक्रमबाट सरकारको ध्यानाकर्षण भएको भन्दै त्यस्तो कार्य तत्काल सच्याईने प्रतिवद्धता व्यक्त गरे ।

कानुनमा रजस्वला भएकी महिलालाई विभेद वा छुवाछुत गर्नेलाई ३ महिना कैद र ५ हजार जरिवाना हुने व्यवस्था छ । सरकारी कर्मचारीले यो कसुर गरे तिनलाई भने सजाय दोब्बर सजाय हुने व्यवस्था पनि कानुनमा छ ।

छलफलमा सहभागीहरुबाट उठेका प्रश्नको जवाफ दिँदै वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले नयाँ मुलुकी र फौजदारी दण्ड संहितामा विवाहित छोरीले अंश र अपुतालीमा दाबी गर्न पाउने वा नपाउने भन्ने अन्योलता कानुनमा अझै रहेको बताए ।

‘सजाय बढाउनु मात्र कानुनी राज्यको दयित्व होईन’ वरिष्ठ अधिवक्ता खरलले भने, ‘बलिया नैतिक मुल्य र मान्यताको स्थापना, चेतनाको अभिबृद्धि आदिबाट मात्र समुन्नत राज्य निर्माण हुन्छ, हाम्रा संहिताहरु यसतर्फ पनि लक्षित हुनुपर्छ ।’

अधवक्ता एवं अधिकारकर्मी शशी बस्नेतले आमाबाबुको सम्पत्तीको अंशियार छोरीलाई बनाउन कानुन अरु बढि उदार हुनुपर्ने बताईन् ।

उनले महिलाको कारण सम्बन्ध विच्छेद हुँदा श्रीमानसँग रहँदा गरेको संयुक्त आर्जनमा समेत दाबी गर्न नपाउने कानुनी व्यवस्थाले महिलामाथि अन्याय भएको बताईन् ।

छलफलको एक फरक प्रसंगमा उनले भनिन्, ‘बलात्कृत हुँदा हुने सजाय पीडित महिलाको उमेर बढदै जाँदा घट्दै गएको छ, बृद्धा बलात्कृत हुँदा यो सजाय पनि बढ्नु पर्थ्यो ।’

छलफलमा विद्यार्थी, वकिल, प्राध्यापक र सर्वसाधारणको सहभागिता थियो । समकोणको सो छलफल आज शुक्रबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजन र समकोण युटुव च्यानलमा एकैसाथ प्रशारण हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: