महिला हिंसा विरुद्ध संकल्प प्रस्ताव पारित


प्रकाशित मिति :2018-08-24 16:17:08

–महिला खबर–

ललितपुर । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा महिला विरुद्ध हुने सबै किसिमका हिंसा अन्त्य गर्ने सम्बन्धमा प्रस्तुत संकल्प प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

बैठकमा सांसद बिन्दा पाण्डेले बलात्कार, हत्या, बोक्सी आरोपमा महिलामाथि जघन्य अपराध हुने गरेको भन्दै त्यस विरुद्ध व्यापक जनचेतना अभियान चलाई सामाजिक न्याय र समानाताको लागि विद्यालय तहका पाठ्यक्रममा नै समावेश गर्न सरकालाई निर्देशन दिईयोस् भन्दै संकल्प प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

संकल्प प्रस्ताव माथिको छलफलमा भाग लिंदै सांसदहरुले संकल्प प्रस्तावको समर्थन गर्दै संकल्प प्रस्तावलाई पारित गर्नुपर्नेमा जोड दिइएको थियो । सांसद पाण्डेले प्रस्तुत गरेको संकल्प प्रस्ताव सर्वसम्मतले पारित भएको हो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले समाजमा महिला, बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि ऐन कानून प्रभावकारी रुपमा कार्यन्वयन हुनेमा जोड दिइन् ।

मन्त्री थापाले महिलामाथि हुने हिंसाका पीडकलाई कडा कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न, सामाजिक न्यायको विषयमा विद्यालय तथा विश्वविद्यालय तहमा पाठ्यक्रम तयार गर्न सम्बन्धित निकायसँग पहल गर्ने प्रतिवद्धता जनाइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: