प्रजनन् स्वास्थ्यको सम्बन्धमा सांसदसँग छलफल


प्रकाशित मिति :2018-08-24 17:37:22

–महिला खबर–

ललितपुर । प्रजनन् स्वास्थ्य अधिकार कार्यसमूहले प्रतिनिधिसभामा छलफल भइरहेको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसदहरुसँग छलफल गरेको छ ।

संसदमा प्रस्तावित संशोधनका विषयहरु र विधेयकमा थप संशोधन आवश्यक विषयमा आज काठमाडौंमा छलफल भएको हो ।

सांसद विजय सुब्बाले आफूले संसदमा उठान गरेको संशोधनको विषयलाई अगाडि राख्दै दफा १५(ख) मा भएको व्यवस्थालाई संशोधन गर्दै ‘विकलाङ्ग’ शब्दलाई हटाउनु पर्ने कुरामा जोड दिए ।

अन्य सांसदले पनि विधेयकको संशोधनबारे छलफल हुँदा उठाइएका विषयहरुलाई पनि सामेल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमा अधिवक्ता नविन श्रेष्ठ, पास नेपालका कन्ट्री डाइरेक्टर डा. शिवास चन्द्र रेग्मी, अधिवक्ता सविन श्रेष्ठ लगायतले बोलेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: