-महिला खबर-
ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरमा बालिका बलात्कारपछि हत्या घटनामा राज्यले नै दोषीलाई जोगाउन लागेको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै देउवाले भने, ‘कञ्चनपुरमा बालिकामाथि भएको घटनाको अनुसन्धान प्रक्रियामा भएको ढिलाई र त्यसमा गासिएको प्रश्नले प्रश्न उठाइरहेको छ । हामी कस्तो राज्य बनाउन गइरहेका छाै । दोषीलाई जोगाउन स्वयं राज्य लाग्ने गर्दछ । निर्दोषले न्याय माग्न कहाँ जाने ?’
देउवाले कञ्चनपुर घटना गम्भीर प्रकृतिको भन्दै अबोध बालिकाको हत्या निन्दनीय मात्रै नभई दण्डनीय अपराध भएको बताए ।
‘देशका अन्य भागमा पनि यही प्रकृतिका घटना घटेको विवरण आइरहेको छ । यस्ता घटना किन घटिएको छ । सबैले सोच्नुपर्ने अवस्था आएको छ । हाम्रो छोरीचेलीको मर्यादा, सुरक्षा, सम्मान गर्न सबै लाग्नुपर्ने देखिन्छ’ देउवाले भने ।
सभापति देउवाले अपराधमा संलग्नलाई जोगाउने स्वयं अपराधी भएको बताए । उनले भने, ‘एउटा निर्देशलाई दोषीको रुपमा किटानी गरेर कारबाही अघि बढाउनु अपराधको पराकाष्ठ हो । यसमा सरकार गम्भीर बनोस् । राज्यले नै दोषीलाई जोगाउन खोज्दा नागरिकहरुमा आक्रोस बढ्नु, हजारौँ नागरिक न्याय माग्न सडकमा ओर्लिनु स्वाभाविक हो ।’
प्रमुख प्रतिपक्षी दलका नेता देउवाले राज्यले स्वयमिता अपनाउन नसक्दा प्रहरीको गोलीबाट अर्को बालकको मृत्यु हुन पुगेको र कयौँ नागरिक घाइते हुन पुगेको बताए ।
उनले भने, ‘सरकारको यस्तो कार्यशैलीको निन्दा र घोर भत्सना गर्दछु ।’ उनले प्रश्न गरे ‘बालिकाले न्याय माग्दा अर्को बालकले मारिनुपर्ने कस्तो लोकतन्त्रको अभ्यास गराउँदै हुनुहन्छ प्रधामन्त्री ज्यू ?’
बैठकको शुन्य समयमा सांसद विन्दा पाण्डेले महिला हिंसा विरुद्धको संकल्प प्रस्ताव संसदमा पारित गर्दै गर्दा पोखरामा बालिकाको हत्या, उदयपुरमा किशोरीको सामुहिक बलात्कार, बानेश्वरमा बलात्कारमा परेकी महिलाको उजुरी लिन प्रहरीले आनाकानी गर्नु दुखत् रहेको बताइन् ।
उनले कञ्चनपुरमा बालिका बलात्कारपछि हत्याको घटनाको अझै पत्ता लागेको छैन् । यि घटनाको यथार्थता के हो ? अनुसन्धान कहाँ पुगेको छ । जानकारी पाउन माग गरिन् ।
सांसदबाट पारित संकल्प प्रस्तावको कार्यान्वयनको प्रक्रिया यथाशीघ्र थालनी गर्न समेत सांसद पाण्डेले माग गरिन् ।
सांसद सुजाता परियारले मुलुकमा हत्या, हिंसा, बलात्कारको घटना दिनानुदिन घटिरहेको भन्दै कञ्चनपुर घटनाको एक महिना पुग्दा समेत सत्यतथ्य बाहिर आउन नसकेको बताइन् ।उनले सरकारले अपराधीलाई यथाशिघ्र खोजी गर्न माग गरिन् ।
अर्को सांसद सुर्य प्रसाद पाठकले पछिल्लो समय केही भागमा हत्या, बलात्कारका घटना बढेको भन्दै यसलाई नियन्त्रण गर्न सरकार कठोर भएर अघि बढ्नुपर्ने बताए ।
Comment Here!