काठमाडौंमा बस्ने सुदूरपश्चिमेलीले गरे कञ्चनपुर घटना विरुद्ध प्रदर्शन


प्रकाशित मिति :2018-08-26 15:59:24

–महिला खबर–

ललितपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका बलात्कापछि हत्याको सत्य तथ्य सार्वजनिक हुनुपर्ने माग गर्दै सुदूरपश्चिमेलीहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

सुदूरपश्चिमका विभिन्न जिल्ला घर भई हाल काठमाडौंमा बसोबास गरिरहेकाहरुले बलात्कारपछी हत्या गरिएकी बालिकाले न्याय पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

आन्दोलनकारीले घटनाको एक महिनासम्म पनि दोषी पहिचान गर्न नसक्ने तत्कालीन प्रहरी प्रमुख डिल्लीसिंह बिस्टलाई निलम्बन मात्रै गरेर नहुने भन्दै जागिरबाट बर्खास्त हुनुपर्ने माग समेत गरेका छन ।

माइतीघर मन्डलाबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भइ समापन भएको थियो । सुदूरपश्चिम कलाकार मञ्च र कानूनका विद्यार्थीले कार्यक्रम आयोजना गरेका कार्यक्रम संयोजन गरेका सुभाषसिंह धामीले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: