बाल यौनदुराचार : अनुसन्धानमा समस्या


प्रकाशित मिति :2018-08-26 16:33:51

–महिला खबर–

ललितपुर । नेपालमा बाल यौनदुराचार बढ्दै गएपनि अनुसन्धानमा समस्या भएको एक कार्यक्रमका सहभागीले बताएका छन् । पछिल्लो समय विदेशी नागरिक नेपाली बालबालिकाप्रति बढी आकर्षित हुने गरेको भन्दै नेपालमा यौन दुराचार बढी रहेको उनीहरुको भनाइ छ ।

‘बाल यौन दुराचार सम्बन्धी अनुसन्धान र अभियोजनमा विद्यमान चुनौति’ विषयक कार्यक्रममा सहभागीहरुले विदेशीहरुले बालबालिकालाई फकाई फुल्याई विभिन्न प्रलोभनमा पार्दै उनीहरुमाथि यौन दुराचार गर्ने गरेको पाइएपनि प्रभावकारी अनुसन्धान हुन नसकेको बताइएको छ ।

कार्यक्रममा नेपालमा बालयौन दुराचारको अवस्थाबारे जानकारी दिँदै साथी संस्थाका उमा लिम्बुले बालबालिकालाई मात्रै नभइ उनीहरुको परिवारलाई समेत विदेशीहरुले प्रलोपनमा पार्ने गरेको बताइन् । विभिन्न प्रलोभनले बालबालिका यौन दुराचारमा पर्दा समेत उनीहरुका घरपरिवारले सहयोग नगर्दा मुद्दा दर्ता गराउन समस्या भएको उनको भनाइ छ ।

अधिवक्ता सन्तोष महर्जनले नेपाली बालबालिका स्वदेशी तथा विदेशीहरुबाटै जोखिममा रहेपनि उनीहरुलाई न्यायदिन समस्या भएको बताए ।

नेपाल भ्रमणमा आउने विदेशीहरुले अंग्रेजी बोल्न सिकाउने, पैसा दिने, लुगाकपडा लगायत विभिन्न आवश्यकता पुर्ति गर्दा स्वयं बालबालिकाले आफू हिंसामा परेको थाहा नपाउने गरेको उनीहरुको कार्यक्रममा सहभागिको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: