‘नागरिकता र प्रजनन अधिकार विधेयकमा विभेद छ’


प्रकाशित मिति :2018-08-26 17:23:41

-महिला खबर

ललितपुर । प्रतिनिधिसभाका सदस्य डा.बाबुराम भट्टराईले अहिले देशमा देखिएको बलात्कार लगायतका जघन्य घटना निन्दनीय रहेको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर उनले कानून बनाउदा कुनै पनि छिद्र राख्नु नहुने बताए ।
उनले भने, ‘अहिले जुन बलात्कार लगायतका जघन्य अपराध भइरहेका छन् । त्यो निन्दनीय छ । सबैले निन्दा गरेका छौं ।’

उनले समाज कति विकसित, समृद्ध र लोकतान्त्रिक छ भन्ने मापन महिलाहरुको अधिकार कुन रुपमा सुनिचित छ, स्थान के छ ? भन्ने कुराले निर्धारण गर्ने बताए ।

भट्टराईले नागरिकता र प्रजननको अधिकार सम्बन्धी विधेयकमा अझै पनि केही विभेद देखिएको बताए । उनले भने‘महिलालाई बाबुको नाम खोल्न चाहने शर्त राखिनु हुँदैन। बाबु छ छैन भन्ने राख्नु जरुरी छैन। विदेशीसँग बिहे गरेको भए पनि नेपालमा बसेको भए वंशजको आधारमा नागरिकता दिने व्यवस्था राखिनु पर्छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: