कञ्चनपुर घटनाको नयाँ ढंगबाट छानबिन शुरु


प्रकाशित मिति :2018-08-27 12:12:35

–महिला खबर–

ललितपुर । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिकाको हत्या सम्बन्धमा नयाँ ढंगले छानबिन शुरु भएको छ । हत्या सम्बन्धमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितीले आइतबारदेखि नयाँ ढंगले छानविन शुरु गरेको हो ।

छानबिन समितीले कञ्चनपुरमा दुई दिनसम्म स्थानीय र सरोकारवालासंग छलफल गरेर नयाँ ढंगबाट छानबिन शुरु गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

घटना विरुद्ध आन्दोलनकारी । फायल फोटो

टोलीले बालिकाको हत्या भएको ठाउँ पुगेर घटना स्थलको अवलोकन तथा अध्ययन शुरु गरेको छ भने रोशनी र बबिता बम दिदीबहिनीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको समितिका संयोजक तथा गृहमन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीले बताए ।

साउन १० गते साथी रोशनी पन्तको घरमा गहृकार्य गर्न गएका बेला उनको हत्या भएको थियो ।

अनुसन्धानको पाटोलाई हेर्दा बालिकाको बलात्कार र हत्या योजनाबद्ध तरिकाले भएको एसपी कडायतले बताए ।

दिन दहाडै मान्छेको चहलपहल भइराख्ने ठाउँमा एकजना व्यक्तिको जम्का भेटले हत्या गर्नै नसक्ने उनले दाबी गरेका छन् ।

हत्या भएको एक महिनापछि अनुसन्धान गर्न जटिल भए पनि हत्यारा पत्ता लगाएरै छोड्ने एसपी कडायतले बताए ।

केही दिन अघि बालिकाको हत्यामा संगलग्न भएको भन्दै प्रहरीले ४१ वर्षीय दिलिपसिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

प्रहरीले मानसिक अवस्था ठिक नभएको व्यक्तिलाई सार्वजनिक गरेको भन्दै स्थानीयले आन्दोलन गरिरहेका छन् ।

यस्तै स्थानीयको आन्दोलनमा प्रहरीले गोली चलाउँदा भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय शनि खुनाको मृत्यु भएको थियो। प्रहरीको गोलीबाट बालकको ज्यान गएपछि स्थिति जटिल बन्दै गएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: