३ वर्षमा १० बाल यौन दुराचारी पक्राउ


प्रकाशित मिति :2018-08-27 15:07:19

–महिला खबर–

ललितपुर । नेपालमा तीन वर्षको अवधिमा १० जना बाल यौन दुराचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नौं जना विदेशी नागरिक हुन् भने एक जना नेपाली नागरिक हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार ३ वर्षको अवधीमा बाल यौन दुराचार सम्बन्धीका १७ वटा मुद्धा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७३÷७४ मा १ जना नेपाली पुरुष र २ जना बिदेशी पुरुषलाई बाल यौन दुराचारको आरोपमा पक्राउ गरिएको छ भने । सोही वर्षमा २ वटा यौनदुराचार सम्बन्धीका मुद्धा दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७४÷७५ मा ५ जना बिदेशी नागरिक पक्राउ परेका थिए भने ५ वटा बाल यौनदुराचार सम्बन्धी मुद्धा दर्ता भएका थिए ।

यस्तै २०७५÷७६ मा बाल यौन दुराचारमा २ जना बिदेशीलाई पक्राउ गरेको छ भने १० मुद्धा सीआईबीमा दर्ता भएको केन्द्री अनुसन्धान ब्युरोका डीएसपी कबिता कटुवालले बताईन् ।

३ बर्षको अबधीमा यौन दुराचारमा संगलग्न १० जनालाई पक्राउ गरिएको सीआइबीले जनाएको छ ।

बाल यौन दुराचार बढ्दै

डीएसपी कबिता कटुवाल नेपालमा बाल यौन दुराचारका घटना बढ्दै गएका कारण बालबालिका निकै जोखिममा रहेको बताउँछिन् ।

खास गरेर गरिब परिवारका बालबालिका यौन दुराचारीको फन्दामा पर्ने गरेका छन् ।

बिदेशीहरु नेपालमा पर्यटकको रुपमा भित्रने र गरिबका छोराछोरी टारगेट बनाउने गरेको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।

गरिव बालबालिकालाई कपा, पैसा, मोबाईल, ल्यापटप लगायत नगद तथा जिन्सी सामान दिएर यौन शोषण गर्ने गरेको पाइएको सीआईबीको भनाइ छ ।

सीआइबीका अनुसार नेपालमा यस्ता घटना धेरै हुन्छन् । तर लोकलाज, डर, त्रासका कारण अधिकांश घटना बाहिर आउँदैनन् ।

नेपालमा ठूलो उमेरका मान्छेबाट बालिका भन्दा धेरै बालक यौन हिंसामा पर्ने गरेका छन् ।

बालकले आफूमाथि यौन हिंसा भएको कुरा अभिभावक वा अरुलाई भन्दा नपत्याउने, उल्टै खिसीटिउरी गरिने हुँदा पनि बालकमाथि भएका यौन हिंसाका घटना सार्वजनिक नहुने गरेको सिआइबीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: