नीलमको ‘योगमाया’लाई मदन पुरस्कार


प्रकाशित मिति :2018-08-27 18:44:24

-महिला खबर-

ललितपुर । यस वर्षको मदन पुरस्कार नीलम कार्की ‘निहारिका’को उपन्यास ‘योगमाया’ लाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको सोमबार बसेको बैठकले योगमाया उपन्यासलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

सो गुठीले २०७४ सालमा नेपालमा प्रकाशित भएका २ सय ५३ पुस्तकमध्येबाट मदन पुरस्कारका लागि आठ पुस्तकको नाम सार्वजनिक गरेको थियो ।

उत्कृष्ट पुस्तकमा ध्रुवसत्य परियारको कैरन, सरस्वती प्रतीक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला, यज्ञशको भुइँया, नयनराज पाण्डेको यार, नीलम कार्की निहारिकाको योगमाया, राज माङलाकको लुम्बिनी गाउँ र मोहन वैद्यको हिमाली दर्शन परेका थिए ।त्यसमध्येबाट मदन पुरस्कारका लागि योगमाया छनोट भएको गुठीले विज्ञप्ति मार्फत जनाएको छ ।

त्यस्तै २०७४ को जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ । नेपाली बाल साहित्यको विकास, विस्तार र प्रवर्द्धनमा लामो समयदेखि सक्रिय रहेको भन्दै उनलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

दुबै पुरस्कारको राशी जनही २ लाख रुपैयाँ रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: