फाँसी माग गर्दै अधिकारकर्मीले आज कपाल मुण्डन गर्ने


प्रकाशित मिति :2018-08-28 10:04:04

–महिला खबर–

ललितपुर । बलात्कारबाट मृत्यु भएका महिलाहरुको सम्झनामा अधिकारकर्मीले आज कपाल मुण्डन गर्दैछन् ।

संविधान संसोधन गरेर जघन्य खालका बलात्कारका घटनामा बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै अधिकारकर्मी महिला र पुरुषले कपाल मुण्डन गर्न लागेको अधिकारकर्मी साबित्री सुवेदीले महिला खबरलाई जानकारी दिइन् ।

बलात्कारीलाई फाँसीको माग गर्दै देशव्यापी आन्दोलनमा उत्रिएका अधिकारकर्मीले अभियान अन्तरगत नै आज दिउसो ३ बजे काठमाडौंको माईतीघर मण्डलामा कपाल मुण्डन गर्न लागेको सुवेदीले बताइन् ।

भदौ २ गते माईतीघर मण्डलामा पेटिकोट लाएर प्रदर्शन गरेका अधिकारकर्मीले नयाँनयाँ तरिकाले आन्दोलन गरिरहेको अधिकारकर्मी सन्ध्या बिडारीले बताइन् ।

यस्तै बलात्कारीलाई फाँसी माग गर्दै थालिएको अभियान सम्बन्धमा आज १२ रिपोटर्स क्लव काठमाडौंमा पत्रकार सम्मेलन गरिएको पनि बिडारीले जानकारी दिइन् ।

(महिला खबरलाई जानकारी गराइ अनुसार दिउसो ३ बजे माईतीघर मण्डलामा कपाल मुण्डन गर्ने भनिए पनि विविध कारणले गर्दा १२ बजे रिपोटर्स क्लवमै कपाल मुण्डनको कार्यक्रम तय गरिएको जानकारी दिईएको छ । )

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: