एक महिनामा १ सय ८० महिलामाथि हिंसा, ४३ बलात्कृत


प्रकाशित मिति :2018-08-28 12:07:13

–महिला खबर–

ललितपुर । गएको साउन महिनामा मात्रै एक सय ८० महिला हिंसामा परेका छन् । ओरेकका अनुसार २०७५ साउन महिनामा मात्रै १ सय ८० महिला हिंसामा परेका हुन् । त्यी मध्ये ४३ जना किशोरी तथा महिलाहरु बलात्कृत भएका छन् ।

 

जसमा २५ जना १८ वर्ष भन्दा कम उमेरका बालिका तथा किशोरी छन् । ६ जनामाथि बलात्कारको प्रयास भएको छ ।

यी महिलाहरु सबैभन्दा बढी ३८ प्रतिशत श्रीमान, ३४ प्रतिशत छिमेकी र १२ प्रतिशत आफ्नै परिवारका सदस्यहरुबाट हिंसामा परेका हुन् ।

यसैगरी हिंसा प्रभावितहरु सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका ३० प्रतिशत, २६ देखि ३५ उमेर समूहका २९ प्रतिशत र १६ वर्षभन्दा कम उमेरका २३ प्रतिशत महिला तथा बालिकाहरु हिंसाबाट प्रभावित भएका छन् । गत आर्थिक वर्षमा बलात्कारका २ सय ८८ घटनामा १४ जनाको बलात्कारपछि हत्या भएको तथ्याँक ओरेकले अभिलेखिकरण गरेको छ ।

पछिल्लो समयमा हेर्दा अबोध बालिकाहरु बलात्कृत भएका छन् भने बलात्कारपछि हत्या गर्ने श्रृङ्खला पनि बढ्दो छ । संकलित तथ्याँकको आधारमा पनि सबैभन्दा बढी १८ बर्षभन्दा कम उमेरका १० जना र १८ बर्षभन्दामाथिका ४ जना बालिका तथा महिलाको बलात्कार पछि हत्या भएको पाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: