–महिला खबर–
ललितपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याविरुद्ध अछाममा दबाब मूलक र्याली निकालिएको छ ।
घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै अन्तरपार्टी महिला संजाल र महिला मावनअधिकार रक्षक संजालले र्याली निकालेका हुन् ।
घटना भएको एक महिनासम्म पनि दोषी पत्ता लगाउन नसकेको भन्दै र्यालीमा सहभागीले आपत्ति जनाएका छन् ।
घटनाका मुख्य दोषीलाई बचाउन खोजिए थप संघर्ष गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
सदरमुकाम मंगलसैनको खुला मञ्चबाट शुरु भएको ¥याली बिच बजार, क्याम्पस रोड, पिपल चौतारा हुँदै सालिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
Comment Here!