बाटोमै सुत्केरी


प्रकाशित मिति :2018-08-28 16:57:29

–प्रकाश सिंह–

बैतडी । जिल्लाको पुर्चौडी नगरपालिका ९ तल्लादेहीकी २५ वर्षीया सिता ढुङगाललाई सुत्केरी ब्यथाले च्यापेपछि आफन्तले भदौ ११ गते स्वास्थ्य चौकी लैजान लागे । स्वास्थ्य चौकी निकै टाढा भएकाले स्वास्थ्य चौकी नुग्दै बाटामै छोरी जन्माइन् । तर साल अड्कियो । अत्याधिक रक्तश्राव भयो । उनी बेहोस भइन् ।

स्वयम्सेविका कलावती ढुङगालले तल्लादेही स्वास्थ्य चौकीमा फोन गरिन् । स्वास्थ्यकर्मी उनी सुत्केरी भएकै ठाउँमा पुगेर साल निकाले ।

उनलाई बोकेर सलाइन दिँदै स्वास्थ्य चौकीमा ल्याइयो । त्यहाँ उनको थप उपचार भइरहेको तल्लादेही स्वास्थ्य चौकी ईन्चार्ज हेम सिंह साउदले बताए । ‘त्यही पुगेर सेवा नदिएको भए उनको अबस्था गम्भीर हुने थियो,’ साउदले महिला खबरसँग भने ।

बाटोमै सुत्केरी भएकी सितालाई बोकेर स्वास्थ्य चौकी लैजाँदै स्वास्थ्यकर्मी । तस्वीरः प्रकाश सिंह

सितालाई स्वास्थ्यकर्मीले बाटोमै उपचार मात्र गरेनन्, बोकेरै स्वास्थ्य चौकी पुर्याए । सुत्केरी महिलालाई छुनुहुन्न भन्ने रुढिवादी मान्यताले केही स्थानीयले उनलाई बोक्न नमानेपछि स्वास्थ्यकर्मी मिलेर बोके । सलाइन पानी दिए र तल्लादेही स्वास्थ्य चौकी पुर्याएपछि अहिले पनि उनको उपचार भइरहेको छ ।

‘हाम्रो काम स्वास्थ्य चौकीमा मात्रै सेवा दिने हैन । घरमा, बाटोमा गएर सेवा गर्ने हो’ अनमी पशुपती कुमारी बोहोराले भनिन् ।

‘रक्तश्राव भएर निकै समस्या भएको थियो । अचेत थिएँ । स्वास्थ्यकर्मी त्यहीँ पुगेर उपचार गरेपछि बाँच्न सफल भएँ’ सिताले स्वास्थ्य चौकीको बेडबाटै भनिन् ।

सिता जस्तै पुर्चौडी नगरपालिका ५ तल्लादेही २० वर्षीया कमला भण्डारीले पनि एक महिना अघि बाटोमै शिशु जन्माइन् । बोकेर स्वास्थ्य चौकी लैजानुपर्ने समस्या भएकाले उनले बीच बाटोमै शिशु जन्माइन् ।

उनलाई पनि बाटोमै गएर स्वास्थ्यकर्मीले सेवा दिएका थिए । यो ठाउँ सदरमुकाम गोठालापानीबाट सबैभन्दा टाढा छ । उक्त ठाउँमा अहिले पनि धेरै महिलाहरुले घर र बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता रहेको अनमी पशुपतीले बताइन् ।

बैतडीमा १ सय २६ ठाउँमा प्रसूति केन्द्र छन् । धेरै ठाउँमा सेवा भए पनि संस्थागत सुत्केरी सेवा ६४ प्रतिशत मात्र रहेको जिल्ला अस्पताल बैतडीकी पब्लिक हेल्थ नर्स ममता जोशीले बताइन् ।

बाँकी महिलाले घर तथा बाटोमै शिशु जन्माउने गरेको उनको भनाइ छ ।

आधा घण्टाको पहुँचमा स्वास्थ्यकर्मी हुनुपर्ने प्रावधान भए पनि बैतडीमा केही गाउँ दुई, तीन घण्टा टाढा रहेको उनले बताइन् ।

दुर्गम गाउँका महिलाको स्वास्थ्यमा पहुँच पुग्न नसक्दा उनीहरुले बाटो र घरमै सुत्केरी हुनुपर्ने बाध्यता रहेको पब्लिक हेल्थ नर्स जोशी बताउँछिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: