बलात्कारीलाई क्षमा दिन सक्दैनौँः प्रधानमन्त्री


प्रकाशित मिति :2018-08-28 17:26:04

–महिला खबर–

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाको सत्य तथ्य छानबिन हुने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय समाजमा अप्रिय घटना घट्ने गरेको भन्दै स–साना बालिका समेत बलात्कृत हुनु परेकोमा दुख व्यक्त गरे ।

उनले भने, ‘उदाहरणका रुपमा कञ्चनपुरमा एकमहिना अगाडि भएको घटनालाई हेर्न सक्छौ । त्यस घटनाले सबैलाई दुखी बनाएको छ ।’

प्रधानमन्त्रीले कञ्चनपुर घटनामा प्रहरीको भूमिकामा प्रश्न उठ्नेबित्तिकै अर्को छानविन समिति बनाएर पठाएको भन्दै उनले भने, ‘हामीले छानबिन समिति बनायांै । त्यस छानबिन समितिले पनि प्रहरीको भूमिका उपयुक्त नलागेपछि प्रहरी प्रमुख, एसपि, डिएसपी, सिडिओेलाई समेत फिर्ता बोलायौं । अर्को सिडिओे, एसपी पठायौं । त्यसपछि पनि त्यहाँको वातवरण शान्त नभएपछि उच्च स्तरिय ढंगले छानविन गर्न सहसचिवको नेतृत्वमै छानबिन समिति बनाएका छौं । यो बिचमा हामीले एसपीलाई नै निलम्बित ग¥यौ । त्यहाँका कानून फाँटका अधिकृत समेतलाई फिर्ता बोलाईयो ।’

अहिले अरु सिडिओ, एसपी पठाएर छानबिन गरिरहेको प्रधानमन्त्री ओलीले बताए । उनले सरकारले पीडित बालिकाका परिवारलाई समेत दश लाख रुपैयाँ दिएको बताए ।

उनले भने, ‘त्यहाको सर्वदलीय बैठकलाई हामीले सम्मान ग¥यौ । प्रदर्शनमा गोली लागेर मृत्यु भएको बालकलाई सहिद घोषणा ग¥यौं ।’

ओलीले अब उक्त घटनाको अहिलेको मात्र नभई पहिलेको समेत निष्पक्ष छानविन हुने बताए । उनले अन्य ठाउँमा समेत भएका यस्ता अपराधिक घटना रोक्न सरकार अत्यन्त संवदेनशिल भएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘चाहे कञ्चनपुरको घटना होस् वा अन्यन्त्र । कुनै पनि बलात्कार घटनाका दोषीलाई क्षमा दिन हामी उदार हुन सक्दैनौँ । अत्यन्तै सक्रियताका साथ निष्पक्षताका साथ हाम्रो पुरा सामथ्र्य लगाएर त्यसको छानबिन हुन्छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: