दिलकुमारीले सपथ ग्रहण गरिन्


प्रकाशित मिति :2018-08-29 15:43:41

–महिला खबर–

ललितपुर । राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा (पार्वती) ले आज सपथ ग्रहण गरेकी छन् । दिलकुमारी समितिको सभापतिमा सर्वसम्मत चुनिएकी थिइन् ।

राष्ट्रियसभाका तीनटा विषयगत समितिको सभापतिमा ३ जनाको मात्रै उम्मेदवारी परेपछि राष्ट्रिय सरोकार तथा समन्वय समितिमा उनी सर्वसम्मत भएकी हुन् ।

मंगलबार निर्धारित समयमै राष्ट्रियसभा अन्तर्गतको ३ वटा विषयगत समितिमा १–१ जनाको उम्मेदवारी परेको थियो ।

यस्तै राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण बिडारी सर्वसम्मत चयन भएका छन् ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिले मानवअधिकार, सबैधानिकआयोग, तहगत राज्यको विकास र राष्ट्रिय सम्बन्ध, परराष्ट्र सम्बन्ध लगायतको क्षेत्रमा काम गर्नेछ ।

तीनै जनालाई आज राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सपथ ग्रहण गराएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: