छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा प्रधानाध्यापक पक्राउ


प्रकाशित मिति :2018-08-29 17:24:42

–महिला खबर–

रुपन्देही । रुपन्देहीको ज्ञानकुञ्ज सेकेन्डरी बोर्डिङ स्कुलका प्रधानाध्यापक तोयाराम पौडेल आफ्नै विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आरोपित पौडेललाई नियन्त्रणमा लिइए पनि घटनाका बारेमा अनुसन्धान गर्न बाँकी नै छ ।

स्थानीयका अनुसार होस्टेलमा बस्दै आएकी एक छात्रा घर आएको बेला विद्यालय फर्कन नमानेको र अभिभावकबाट सोधपुछ गर्दा आफूमाथि प्रिन्सिपलले एक्लै बोलाई अभद्र व्यवहार गरेको बताएपछि सो घटना बाहिर आएको हो ।

छात्राका अभिभावकले पौडेललाई कारवाहीको माग गर्दै स्थानीयको सहयोगमा विद्यालयलाई घेराउ गरेपश्चात विद्यालयमा पठनपाठन समेत बन्द गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: