देवानी र फौजदारी संहिताको प्रभावकारी कार्यान्वयनमा जोड


प्रकाशित मिति :2018-08-30 12:19:30

–महिला खबर–

ललितपुर । देवानी तथा फौजदारी संहिता २०७४ को प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

संकल्प नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको ‘देवानी संहिता तथा फौजदारी संहिता’ विषयक छलफल कार्यक्रमका सहभागीले कानूनलाई लक्षित समुदायसम्म पु¥याएर कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।

सांसद एवम् वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले देवानी संहिता पुरुषलाई भन्दा महिलालाई ध्यानमा राखेर बनाइएको बताए । यो संहिता महिलामैत्री भएको दावी पनि उनले गरे ।

‘यो नयाँ संहिताले बहुविवाहलाई अकल्पनीय रुपमा राखेको छ । श्रीमती हुँदाहुँदै विवाह गरेमा स्वत बदर हुने व्यवस्था गरेको छ’ उनले भने ।

सांसद अधिकारीले नयाँ संहिताले बलात्कारमा जन्म कैदको व्यवस्था नगरे पनि सामूहिक बलात्कार गरेर मार्नेलाई जन्म कैदको व्यवस्था गरेको बताए । उनले नयाँ संहितालाई कार्यान्वयन गर्दै भएका कमिकमजोरीलाई २-३ वर्षभित्र संशोधन गर्नुपर्नेमा जोड दिए ।

वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले नयाँ संहिता धेरै हदसम्म महिलामैत्री रहे पनि यसले सीमान्तकृत समुदायलाई भने समेट्न नसकेको बताइन् ।

उनले बहुविवाह स्वत बदर हुने भने पनि घुमाउरो पाराले संहिताले प्रशय दिएको बताइन् । उनले भनिन्, ‘बहुविवाह कुनै हालतमा मान्य हुँदैन भने पनि दुई तिन ठाउँमा यस्तो व्यवस्था छ जसले बुहुविवाहलाई मान्यता दिएको छ । जस्तो शारीरिक सम्बन्धबाट बच्चा भएमा विवाह कायम हुँदैन । छोराछोरीको हक सुरक्षित हुन्छ भनिएको छ । यो विवादास्पद कुरा हो । ‘विवाह बैध हुँदैन त उनीहरूबाट जन्मिएका सन्तान कसरी बैध हुन्छन् ?’ उनले प्रश्न गरिन् ।

पाठकले अंशवन्डासम्बन्धी व्यवस्थाको दफा २ सय १० मा अंश वन्डा नहुँदै अर्को श्रीमती ल्याएमा पुरुषले आफ्नो भागबाट मात्रै अंश दिने भन्ने छ । यसले पनि बहुविवाहलाई मान्यता दिएको बताइन् ।

यस्तै बालविवाहमा अपराध संहिताले बहुविवाह र बालविवाहलाई पनि कसुर मानेको छ । बदर हुने भनेको छ । देवानी संहिताले बालविवाहको हकमा भने गर्न नहुने भन्ने छ ।

यदि उमेर नपुगी विवाह भएको छ, गर्भ रह्यो, सन्तान जन्मियो, महिलाले सम्बन्ध विच्छेद गर्न मन्जुरी गरिनन् भने बदर हुँदैन भन्ने छ । त्यसले पनि बालविवाहलाई प्रशय दिएको उनले बताइन् । उनले नयाँ संहिता व्यवहारमा लागु हुँदा महिलामैत्री हुन्छ कि हुँदैन त्यो भने हेर्न बाँकी रहेको बताइन् ।

संकल्पकी अध्यक्ष लीली थापाले पुरुषले पनि श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न पाउनुपर्छ भन्ने विषयमा पुरुषले जुनसुकै कारण देखाएर भए पनि सम्बन्धविच्छेद गर्ने खतरा बढेको बताइन् ।

संकल्पकी पूर्व अध्यक्ष दुर्गा सोवले ऐन-काूननलाई समयअनुसार परिवर्तन गर्न सकिने भन्दै पीडितले न्याय पाउने गरी भएका ऐन-कानून कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: