मर्नुअघि पवित्राले छोराछोरीलाई भनेकी छन्, ‘तिम्रो बाउले बाँच्नै दिएन’


प्रकाशित मिति :2018-08-30 16:07:00

–महिला खबर–

ललितपुर । कैलालीकी पवित्रा ढुंगानाले श्रीमान पदमप्रसाद ढुंगानाको चरम यातनाका कारण आत्महत्या गरेकी छन् ।

कैलालीको लम्की चुहा नगरपालिका घर भई हाल भारतको पुनामा श्रीमान र छोराछोरीसहित बस्दै आएकी पवित्राले आफूले आत्महत्या गर्नुको कारण श्रीमानको शारीरिक र मानसिक यातना हो भनेकी छन् । पवित्राले यही भदौ ११ गते आत्महत्या गरेकी थिइन् ।

उनले आत्महत्या गर्नुअघि मोबाइलमा रेकर्ड गरेको अडियोमा दुई छोरा कपिल, भरत र छोरी मनिषालाई मम्मी सम्झेर नरुनु समेत भनेकी छन् । हेर्नुस् उनले रेकर्ड गरेको अडियो शब्दमा,
…………………..
ए कपिल त मामाका घरमा बस्नु । राम्रोसंग पढ्नु बाबु, म मर्दैछु । मलाई साह्रै भयो । यो जोशी (श्रीमान) ले मलाई बस्न खान दिएन । भरत तैले बहिनीलाई नपिट्नु । भाइलाई पनि नपिट्नु । आफ्ना भाइबहिनीलाई पाल्नु । मलाई बाँच्न खान नदिएकै कारणले म मरेकी हुँ । तेरो बाले मेरो बेइज्जत ग¥यो ।

छोरी मनिषा मेरो यो स्वर सुनेर सम्झी सम्झी मेरो फोटो हेर्नु । मामाका घर बस्नु । त्यसका पछि नजानु । राम्रोसँग बस्नु । मलाई बाँच्न नसक्ने गरेर बदनाम गर्यो । त्यही भएर हो बाबु । तिमीहरू स्कुल गएका छौं । साँझ आउनु, मेरो लास हेर्नु । मलाई साह्रै भएका कारण म मरेकी हुँ बाबै । भाईलाई हेर्नु । भाई मामाका खोली (मामाको कोठा) गएको छ । त्यसलाई नपिट्नु । ठूलो मान्छे बनाउनु । सबैलाई सम्हाल्नु ।

पवित्राको फायल फोटो

तिमीहरूको र मेरो भेट हुन यत्ति मात्रै रहेछ । मैले जन्माई दिएँ । राम्रोसंग पढ्नु । तँ ठूलो भईसकिस् भरत बहिनीलाई नपिट्नु । धेरै माया गर्नु । तँ १३ वर्ष पुगिसकिस् कपिल, भाईलाई राम्रोसंग हेरेस् । आफ्नो भाईलाई आफूसँगै राख्नु । मामासँगै बस्नु ।

मैले कसैको पनि ऋण खाएको छैन बाबु । धामिकी छोरीको २ लाख रुपैयाँ म साँक्षी बसेर प्राणीले लिएको छ । हाम्रो ३ लाख रुपैयाँ मना आन्टीले लगेकी छिन् । अनि पलिया एकजना धमालाका छोराले २५ हजार लिएको छ बाबु । मैले कसैको एक रुपैयाँ पनि खाएको छैन ।

मलाई साह्रै भयो के गर्ने । तिमीहरूलाई भातदाल खुवाएर पढाए । यत्ति हो मेरो हातबाट हुन सकेको । के गर्ने मलाई बाँचेर खानै दिएन । तिमीहरूले राम्रोसँग बस्नु । सानु भाई हो त्यसलाई नपिट्नु । मनिषा तैले हजुरआमासँग बस्नु । कपिल, भरतले पनि हजुरआमाकै घर बस्नु । त्यसको घरमा नजानु । मलाई करन जोशीले भए नभएको आरोप लगायो । मेरा बदनाम ग¥यो ।

के गरौं तिमीहरू सरस्वती स्कुलमा पढ्न गएका छौँ । साँझ आउनु आफ्नी मम्मीको मुख हेर्नु । नरुनु । तिमीहरूको र मेरो भेट यत्ति रहेछ । मम्मी मरी भन्नु, माइजुलाई खबर गर्नु बाबु । मैले कसैको केही बिगारेको छैन । तर मलाई सहनै नसक्ने आरोप लगायो । त्यसैले बाबु म तिमीहरूलाई छोड्दै छु । स्र्वगलोकमा जाँदैछु । तिमीहरू राम्रोसँग बस्नु, खानु । तलाई दश औंला जोडेर बिन्ती छ भाईबहिनी कसैलाई नपिट्नु भरत ।

आफै बस्नु । त्यसको घरमा नजानु । त्यसको श्रीमतीको ठाउँ पनि नजानु । मैले यो रेकर्ड गरेर गोजीमा राखेकी छु । गोर्खालीले मेरो बेइज्जत गरे । करन जोशीले साँझ बिहान अरुसँग नाम जोडेर मलाई बाँच्न दिएन । मलाई बस्न खान दिएन । पुरै पुनामा मेरो बेइज्जत ग¥यो । त्यही भएर म झुण्डिएर मरेको हो बाबु । तिमीहरूले आफ्नो बाटो आफै सम्हाल्नु ।

१० कठ्ठा जग्गा छ, त्यहीबाट तिमीहरूले आफ्नो भाग लिनु । त्यसकी श्रीमती आएर झगडा गर्ली, आफ्ना नाममा जग्गा बनाउनु । त सानो छैनस् ठूलो भइसकी भाइबहिनी सबैलाई सम्हाल्नु । म अब के भनु मेरो यत्ति हो जिन्दगी । मलाई पिटेर कान चुड्यो । त्यही भएर म मरेकी हुँ । मामाका खोली जानु । त्यही बस्नु । त्यसपछि घर जानु । अब तिमीहरूको पढाई यत्ति हो बाबै । अब म के भनु र, मर्ने मान्छे ।

आमाबुबा नभएका तिमीहरू जस्ता धेरै छन् बाबु । कसैको पनि चोरेर नखानु । काम गरेर खानु । मलाई नभएको आरोप लगाएपछि मर्न बाध्य भएँ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: