निस्फिक्री फूल्न देउ !


प्रकाशित मिति :2018-08-31 10:34:59

-गायत्री खतिवडा-

आज पनि
एकाबिहानै दैलाेको संघारमा
पल्टिएको अखबारका पानाहरु
आलो रगतले पोतिएको देख्छु
टेलिभिजनका स्क्रिन भरि
उस्तै रगतको छिट्टाहरु देख्छु
रेडियोका आवाजमा
चित्कार, चिच्याहट र
‘मलाई बचाउनुस्’, ‘मलाई बचाउनुस्’
भन्दै जीवनको भिख मागिरहेका
अवाजहरु सुन्छु ।

 

वर्षौं देखि,
हरेक बिहान, हरेक साँझ
यस्तै कोलाहल र रुवाबासी
उ सुन्नुस् त !
अहिले पनि यतै कतै कुनाबाट
एउटी अबोध छोरीको चित्कार
‘मलाई छोड्, ’
‘नाईं मलाई छोड्’
‘नाईंऽऽऽऽ………….’
‘आमा ! आमा !………..’
‘नाईंऽऽऽऽऽ……………..!’

उफ्,
मुटु फुट्लाजस्तो भैसक्यो
छाती चिरिइसक्यो
हात गोडा सबै गलिसके
हरेक दिन यस्तै
हरेक प्रहर यस्तै
भो ! अब त अत्ति भो !
शान्तिपूर्वक, यो सृष्टि चल्न देउ
ती कोपिलाहरुलाई फूल्न देउ
फूलेर सुवास छर्न देउ

अनि पो
तिम्रो गमलाको मान बढ्नेछ
तिम्रो आँगनको गरिमा बढ्नेछ
तिम्रो घरको सुन्दरता बढ्नेछ
बिन्ती !
तिमी आफैले रोपेर हुर्काएको
ती कोपिलाहरुलाई
उनीहरुकै लयमा
निस्फिक्री फूल्न देउ !

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: