कार्यस्थलमा यौन हिंसा : उजुरीमै समस्या


प्रकाशित मिति :2018-08-31 16:05:05

–महिला खबर–

ललितपुर । ‘विश्वविद्यलयका पुरुष प्राध्यापक डाक्टरहरुले नै छात्राहरुलाई थेसिसको भाईवा हेर्न एकान्तमा बोलाएको गुनासो म कहाँ आँउछ ।’ यो भनाई त्रिभुवन विश्वविद्यालयकी कर्मचारी डा. रेनु थापाको हो ।

उनका अनुसार महिलामाथि हुने यौन हिंसा चेतनाको कमीका कारण हुने होइन । यो त व्यक्तिको नियतमा भर पर्छ ।

सञ्चारिक समुहको साप्ताहिक टेलिभिजन कार्यक्रम समकोणको कार्यस्थलमा महिलामाथि हुने हिंसाः उजुरी गर्नै समस्या विषयमा बोल्दै उनले अगाडि भनिन्, ‘महिलालाई यौन सन्तुष्टीको साधन ठान्ने मनोविज्ञान हाम्रो समाजको ठुलो चुनौती हो ।’

डा. थापा नेपाल सार्वजनिक सेवा राष्ट्रिय कर्मचारी युनियनकी पुर्व उपाध्यक्ष पनि हुन ।

कार्यक्रममा गृहमन्त्रालयका सहसचिव नारायण दुवाडीले कार्यस्थलमा यौन हिंसा भएमा तत्काल उजुरीमा जान महिलाहरुलाई सुझाए । उनले इज्जत जाने डरले यस्तो हिंसाको मामिलामा महिला खुल्न नसक्नु दुःखद भएको पनि बताए ।

प्रतिनिधिसभाकी सदस्य विना श्रेष्ठले पितृसत्तात्मक सोच र मानसिकताका कारण गंभिर हिंसा भोगेका महिला पनि खुल्न र उजुरीमा जान नसकेको धारणा राखिन् ।

‘यति चाँहि बुझौं’ उनले अगाडि भनिन्, ‘हिंसा भोगेर चुप रहँदा पीडकको मनोबल बढ्छ र हिंसा दोहोरिरहन्छ ।’

कार्यक्रममा एकजना टेम्पो चालक सरिता गिरीले आफुलाई यौन हिंसा गर्न खोज्ने पुरुष चालक विरुद्ध उजुरी गरेको स्मरण गर्दै भनिन्, ‘त्यसपछि मलाई टेम्पो मालिकहरुले कामबाट निकालिदिए ।’ उनले हिंसा विरुद्ध उजुरी गर्दा आफु बेरोजगार बन्नु परेको दुखेसो सुनाईन् ।

कार्यालयहरुमा महिलालाई यौन आशयका अप्रत्यक्ष प्रस्ताव सहकर्मी पुरुषहरुले गर्ने गरेको पनि सहभागीहरुले बताए ।

एकजना महिला उपसचिवले अनुगमनको लागि उपत्यका बाहिर जानु पर्दा पुरुष हाकिमले साथमा एकजना महिला जाने भएमात्र आफु जान तयार रहेको बताएको अनुभव सुनाईन् ।

नेपाल वित्तीय संस्था कर्मचारी युनियनकी उपाध्यक्ष बन्दना शर्माले उपत्यकामा तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका २ सय ५० महिलाबीच आफुले सन् २०१७ मा गरेको अध्ययनबाट ५१ प्रतिशत महिला कामदार—कर्मचारीले कार्यस्थलमा दुर्व्यवहार भोग्ने गरेको देखिएको जानकारी दिईन् ।

कार्यक्रममा निजामती, सुरक्षा, वित्तीय तथा अन्य निकायका सरोकारवाला र सर्वसाधारणको सहभागिता थियो ।

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण ऐन २०७१ ले कार्यस्थलमा कर्मचारी वा सेवाग्राहीलाई यौनजन्य दुर्व्यवहार गर्नेलाई कसूर हेरि ६ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

तर, उजुरी गर्ने वातावरणको अभाव, बलियो सामाजिक समर्थनको कमी र इज्जत जाने डरले धेरैजसो पीडित महिला कर्मचारी उजुरी गर्न गइरहेको पाईदैन ।

यहि विषयको विस्तृत छलफल आज शुक्रबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजन र समकाेण युटुव च्यानलमा एकैसाथ प्रशारण समकोण टेलिभिजन कार्यक्रममा हेर्न सक्नुहुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: