पत्रकार प्रकाश सिंहले दिए भत्ताबापतको रकम एकल महिलालाई


प्रकाशित मिति :2018-08-31 17:41:16

–महिला खबर–

बाजुरा । पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहले विपन्न आर्थिक अवस्थाकी एकल महिलालाई बाख्रा पालनका लागि पैंसा सहयोग गरेका छन् ।

एकल महिला पारु थापालाई रकम हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी चेतराज बराल ।

सिंहले पत्रकार महासंघको अध्यक्षको हैसियतले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका कार्यक्रममा सहभागी हुँदा पाएको भत्ताबाफतको रकम एकल महिला पारु थापालाई दिएका हुन् ।

बडिमालिका नगरपालिका वडा नम्बर ८ कि ५५ वर्षकी पारु थापालाई बाख्रा पालनका लागि आज शुक्रबार प्रमुख जिल्ला अधिकारी चेतराज बराल मार्फत १७ हजार ३ सय ४४ रुपैया हस्तान्तरण गरेको उनले बताए ।

वडा नम्बर ८ कि सचिव विन्दु वडालका अनुसार पैंसाको अभावमा उपचार गराउन नसक्दा ६ वर्ष अघि श्रीमान करे थापालाई गुमाएकी सुस्त मनस्थितीकी पारुलाई ९ र ७ वर्षका दुई छोराको पालन पोषण गर्ने जिम्मेवारी छ ।

पत्रकार सिंहले २०७४ असारदेखि २०७५ असार महिनासम्म भत्ताबाफत जम्मा भएको २६ हजार ३ सय ४४ मध्ये ५ हजार त्रिवेणी नगरपालिकाका क्यान्सर पीडित नविन पाध्याय र ४ हजार भालुको आक्रमणबाट गम्भीर घाइते भएकी बडिमालिका नगरपालिका ९ कि अर्चना उखेडालाई सहयोग गरेको महिला खबरलाई बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: