गरिवी निवारणका उपाध्यक्षले भने, ‘फाईदाका लागि नेता र सीडीओसँग सुतेका महिला देखेको छु’


प्रकाशित मिति :2018-08-31 18:08:19

–महिला खबर–

ललितपुर । गरिवी निवारण कोषका उपाध्यक्ष डा. यामबहादुर थापा विरुद्ध यौन हिंसाको उजुरी परेको छ । कोषमा कार्यरत एकजना सहायकस्तरकी महिला कर्मचारीले उपाध्यक्ष थापा विरुद्ध गरिवी निवारण कोषकै संचालक समिति समक्ष उजुरी दर्ता गरेकी हुन् ।

सञ्चालक समितिका ५ जना सदस्यहरूलाई दिइएको ४ पृष्ठ लामो उजुरीमा उपाध्यक्ष डा. थापाले बैठकमै महिला अस्मितामाथि धावा बोलेको दावी गर्दै यौन हिंसाको उजुरी दिएको उल्लेख छ ।

उजुरीमा गत असार ४ गते कोषका ९ जना अधिकृतस्तरका कर्मचारी उपस्थित बैठकमा उपाध्यक्ष डा. थापाले ‘पदका लागि महिलाहरू आफ्नो इज्जत बेच्छन् । नेतासँग सुतेर सांसद हुन्छन् । सीडीओसँग सुतेर फाईदा लिन्छन्’ भनेको विषयमा महिला कर्मचारीले आपत्ति जनाउँदै उजुरी दर्ता गराएकी हुन् ।

महिला खबरलाई प्राप्त अडियो रेकर्डको ११ मिनेट १६ सेकेन्ड मा भनेका छन्, ‘मैले केही यस्ता महिला देखेको छु, जो फाईदा लिनका लागि सीडीओसँग सुते । केही महिला चिन्दछु, जो खास नेताहरुसँग गएर सुते । त्यसको आधारमा सांसद पनि भइसकेका छन् ।’

जागिर जाने डरले सो घट्ना कयौं दिनसम्म बाहिर आउन नसके पनि गत साउन २० गते कोषका सञ्चालक सदस्यहरू विजयनारायण श्रेष्ठ, नारायण कोइराला, महादेव बडु, विश्वशान्ति विष्ट र साधना घिमिरेलाई सम्बोधन गरि कोषको कार्यालयमा उजुरी गरेपछि घट्ना बाहिर आएको हो ।

सो उजुरीबारे प्रतिक्रिया लिन खोज्दा डा. थापाले केही बताउन मानेनन् । उनी बोल्नै चाहेनन् ।

कार्यस्थलमा यौनजन्य हिंसा निवारण ऐन २०७१ मा त्यस्तो हिंसा विरुद्ध उजुरी गर्न सकिने प्रावधान छ । कसुर प्रमाणित भएमा ६ महिना कैद वा पचास हजार जरिवाना वा दुबै सजाय हुनसक्ने प्रावधान छ ।

(सो को अडियो महिला खबरलाई पनि प्राप्त छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: