गोल्डेन पिक नृत्य प्रतियोगितामा ब्राईट एन्जल्स पहिलो


प्रकाशित मिति :2018-09-02 11:29:01

–महिला खबर–

ललितपुर । ‘उपत्यका व्यापी स्कुल स्तरीय पहिलो गोल्डेन पिक तिज नृत्य प्रतियोगिता’को उपाधि ब्राईट एन्जल्स ईंलिस स्कुलले पाएको छ ।

आज काठमाडौंमा भएको प्रतियोगितामा एआईए स्कुल दोस्रो र सृजना ज्ञानसागर स्कुल तेस्रो भएका छन् ।

चावहिलको सरस्वतीनगरस्थित गोल्डेन पिक हाईस्कुलले आयोजना गरेको ‘उपत्यका व्यापी स्कुल स्तरीय पहिलो गोल्डेन पिक तिज नृत्य प्रतियोगिता’मा हिमरश्मी हाईस्कुल चौथो, ग्रीन ल्याण्ड पाँचौ, मनास्लु पब्लिक सेकेण्डरी स्कुल छैठौं, जगत मन्दिर सातौं, नेरिक एकेडेमी आठौं, न्यूटन हार्ईस्कुल नवौं र त्रीज्योती सेकेण्डरी स्कुल दसौं भएका छन् ।

तिज पर्वको अवसरमा आयोजित प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद रु १० हजार, ७ हजार ५ सय र ५ हजारका साथै सिण्ड र प्रमाणपत्र प्रदान गरियो ।

प्रतियोगिताका विजयीलाई कार्यक्रमका प्रमुख अतिथि महिला, बालबालिका, ज्येष्ठ नागरिक मन्त्री थममामाया थापाले पुरस्कार वितरण गरेकी थिइन् ।

यस्तै चौथोदेखि १० औं हुने स्कुललाई सिल्ड र प्रमाण पत्र प्रदान गरिएको गोल्डेन पिक हाईस्कुलका प्रिन्सिपल छत्रमणी राईले जानकारी दिए ।

प्रतियोगितामा उपत्यकाका २९ स्कुलले भाग लिएका थिए ।

कार्यक्रम समापनमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममामाया थापाले महिलाका पक्षमा भएका हक अधिकार प्रयोग गर्न महिलाहरूलाई आग्रह गरिन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हक अधिकारको पक्षमा थुप्रै ऐन कानुन बनेको भन्दै मन्त्री थापाले भनिन्, ‘आफ्नो अधिकारका लागि आफै आवाज उठाउनुस् । हामीसँग प्रयाप्त ऐन कानुनहरू छन् ।’ मन्त्री थापाले यस विषयमा स्कुले बालबालिकाहरू जानकार र सचेत हुन जरुरी रहेको औंल्याइन् ।

राष्ट्रिय सूचना आयोगकी आयुक्त यसोदा तिल्सिनाले युग सुहाँउदा गितको अभावमा कलिला नानीहरू परम्परागत गितहरूमै कम्मर हल्लाउन बाध्य भएको बताइन् ।

आयुक्त तिम्सिनाले स–साना बालिकाहरूलाई हजुरआमा र आमाको पालाका गुनासोले भरिएका गितहरूमा सकसपूर्ण तरिकाले नचाउनु भन्दा साहस र उत्साहले भरिपूर्ण गितहरूमा नचाउन स्कुलहरूलाई आग्रह गरिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: