एउटी पगली


प्रकाशित मिति :2018-09-03 12:06:20

एउटी पगली
रुँदैछे, चिच्याउँदै छे
खै के के हो, एक्लै बर्बराउँदै छे
कहिले बचाउ बचाउ भन्छे
कहिले गुहार ! गुहार ! भन्छे ।

एउटी पगली
रुँदैछे, चिच्याउँदै छे
छ निडर कठोर उसको अनुहार
राष्ट्रपतिका आँचल र चोली रक्ताम्य
देखेको छु भन्छे
प्रधानमन्त्री र मन्त्रीहरुका कोट
कोतरिएका छन् भन्छे
तिनीहरु बलात्कृत भएका छन् भन्छे
फेरि रुन्छे, फेरि चिच्याउँछे
सुनेकाहरु नसुने झैं गर्छन्
देखेकाहरू नदेखे झैं गर्छन्
उसको रुवाई र चिच्याईमा
वर्तमानका अमिला यथार्थहरु
दुनिया सामु बिच्छ्याउँछे
तिनीहरु किन अमुक छन् भन्छे
तिनीहरुलाई बचाऊ भन्छे ।

पार्वती डाँगी ‘परिचित’

खै यो पगली
के के भन्छे भन्छे
कहिले हाँस्छे कहिले रुन्छे
कहिले होसमा कहिले बेहोस हुन्छे
सबै लेखेट्छन् उसलाई नै
कोही कलम बोक्नेहरु
कोही किताब बोक्नेहरु
कोही बन्दुक बोक्नेहरु पनि
उ त निरिह पगली
केवल चिच्याई रहन्छे
गल्ली गल्ली चोक चोक भन्छे
कहीँ खुद्रा त कहीँ थोक भन्छे

फेरि
बलात्कार….. भन्छे
अत्याचार….. भन्छे
चिच्याउँछे
हरदिन भाँड भैलो मच्चाउँछे
सुनि नसक्नु छ, देखि नसक्नु छ
अखबारले छापी नसक्नु छ
खै यो पगली के भाकी छ !

नजिक हुनेहरु भन्छन्
यो त भाङ गनाएकी छ
ज्यानभरी रक्सी खन्याएकी छ
परन्तु,
वर्तमान गनाएको कसैले चालै पाउँदैन यहाँ
न कानूनले चाल पायो
न दैवले
तर त्यो पगली
चिच्याउन छोड्दिन
खै के भाकी छ !

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: