मानव ओसार पसार गर्ने प्रेरणा र विराज पक्राउ


प्रकाशित मिति :2018-09-03 12:48:18

–महिला खबर–

लतिलपुर । क्यानडा र फ्रान्स पठाइदिन्छु भनि पश्चिम अफ्रिकी मुलुक गिनी पुर्याई मानव बेचविखन तथा ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन् ।

दाङको तुल्सीपुर नगरपालिका–२ पञ्चकुले स्थायी घर भई काठमाडौं बस्ने २७ वर्षीया प्रेरणा लक्ष्मी मल्ल र दाङकै तुल्सीपुर नगरपालिका ६, स्थायी घर भई काठमाडौ बस्ने २९ वर्षीय विराज यादवलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

प्रेरणा र विराज विरुद्ध १४ जना पीडित तथा जाहेरवालाहरुबाट मिति २०७४ चैत ४ र १५ गते मानब बेचबिखन तथा ओसारपसार मुद्दामा जाहेरी परेपछि अनुसन्धान शुरुआत गरिएको सीआईबीले जानकारी दिएको छ ।

उनीहरुले क्यानाडा र फ्रान्समा राम्रो आयआर्जन हुन्छ र त्यहाँ पुगेपछि ५ वर्षको मल्टिपल भिसा समेत लगाईदिन्छु भन्दै प्रलोभनमा पारि मोवाईलमा बनावटी भिसा देखाई, विश्वास दिलाई, स्वदेश तथा विदेशमा गरि प्रति व्यक्ति १५ देखि २५ लाखसम्म रकम लिएको सीआईबीको दावी छ ।

यस्तै उनीहरुले नेपाल भारतका विभिन्न नाकाहरु प्रयोग गरी भारतको नयाँ दिल्ली पुर्याई त्यहाँबाट On Arrival Visa मा ईथियोपिया हुँदै पश्चिम अफ्रिकी देश गिनीको राजधानी कोनाक्री भन्ने स्थानमा पुर्याई करिब ६ महिनादेखि १ वर्षसम्म अपार्टमेन्टमा बन्धक बनाई शारीरिक, मानसिक तथा आर्थिक शोषण गरि पीडकहरु सम्पर्कविहीन भई पीडितहरुलाई अलपत्र पारेको आरोप छ ।

विराज यादव र प्रेरणा लक्ष्मी मल्लले पीडितहरुबाट अन्दाजी ३ करोड नेपाली रुपैयाँ ठगेको समेत आरोप छ ।

अफ्रिकामा बसेर मानब बेचबिखन तथा ओसार पसार अपराध सञ्चालन गरिरहेका निजहरुलाई यही भदौ १३ गते पञ्चनपुर जिल्लाबाट पक्राउ गरी “मानव बेचबिखन तथा ओसारपसार” मुद्दामा अनुसन्धान भईरहेको पनि सीआईबीले जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: