असल श्रीमानलाई बीबीसीको सम्मान


प्रकाशित मिति :2018-09-03 14:00:34

–महिला खबर–

ललितपुर । बियोण्ड बेइजिङ कमिटी (बीबीसी) ले ‘असल जीवन साथी’ सम्मानबाट दुई जनालाई सम्मानित गरेको छ ।

आफ्नो २३ औं वार्षिकोत्सवका अवसरमा बीबीसीले आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भुपाल खड्का र पूर्णमान शाक्यलाई पहिलो पटक यो सम्मान प्रदान गरेको हो ।

भुपाल खड्का र पूर्णमान शाक्यको जोडी ।

उनीहरुलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र संस्थाका अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठले कदर पत्र र दोसल्ला ओढाएर सम्मान सम्मानित गरे ।

भुपाल खड्का जागरण नेपालकी संस्थापक अध्यक्ष एवं गैरसरकारी संस्था महासंघकी पूर्व अध्यक्ष शर्मिला कार्कीका श्रीमान हुन् ।

खड्काले महिला आन्दोलन र मानवअधिकारको आन्दोलनमा सक्रिय भइराख्न जीवन साथी शर्मिला कार्कीलाई साथ, समर्थन र सहयोग गरेको भन्दै यो सम्मान प्रदान गरेको बीबीसीका अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठले बताइन् ।

यस्तै सम्मानित हुने अर्का व्यक्तित्व पूर्णमान शाक्य अधिकारकर्मी अन्जना शाक्यका श्रीमान् हुन् ।

उनलाई पनि मानव अधिकार, महिला तथा बालिकाको अधिकारका लागि लामो समयदेखि क्रियाशील रहन श्रीमती अन्जना शाक्यलाई पूर्ण रुपमा सहयोग गरेको भन्दै सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले यो सम्मानले धेरै श्रीमानलाई असल जीवन साथी बन्न प्रेरणा दिने बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: