उपमेयर भन्छिन्, ‘मेयरले ममाथि हैकम चलाउँछन्’ (भिडियाेसहित)


प्रकाशित मिति :2018-09-04 11:45:51

–इन्द्रसरा खड्का–

ललितपुर । धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाले नगरपालिकाका मेयरबाटै आफू हिंसामा परिरहेको गुनासो गरेकी छन् ।

महिला खबरसँगको कुराकानीमा बोल्दै उपमेयर झाले मेयर रामज्ञान मण्डलले नगरपालिकाका कुनै पनि काम र निर्णयमा आफ्नो राय नलिने गरेको आरोप लगाइन् ।

उनले भनिन्, ‘मलाई कुनै कुराको पनि जानकारी हुन्न । मबाट लुकेर निर्णयहरु हुन्छन् । मलाई खबरै हुन्न ।’ कार्यपालिकाको बैठक बस्दा पनि मेयर मण्डलले आफूलाई जानकारी नै नदिने र बहुमत पुगिहाल्छ, तपाईं किन चाहियो र ? भन्ने गरेको बताइन् ।

आफू उपप्रमुख भएर पनि नगरपालिकामा हुने गतिविधिबारे अनभिज्ञ हुँदा समस्या भइरहेको उनको भनाइ छ । नगरपालिकामा हुने बैठक र नगरसभाको बारेमा पनि आफूलाई जानकारी नगराई कार्यक्रम भएको उनले गुनासो गरिन् ।

‘दोस्रो नगरसभामा मलाई खबर नै गरिएन । कार्यपालिकाको हलमा नगरसभा नगरेर होटेलमा सभा भएछ । बन्दसत्रमा पनि खबरै गरेनन् । किन यस्तो गरेको भन्दा तपाईको के काम ? काम गर्ने सबै म नै हो भन्दै उल्टै मलाई प्रश्न ग¥यो’ उनले भनिन् ।

आफ्नै पार्टीको मेयर हुँदा समेत आफूलाई अपमान गरेर निर्णयहरु हुँदा असाध्यै दुःख लागेको र समस्या भईरहेको पनि उनले बताइन् । हेर्नुस्, उनीसँगको कुराकानीः

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: