–महिला खबर–
ललितपुर । जिल्ला अदालत उदयपुरले बालिका बलात्कार गर्नेलाई सात वर्षको कैद र ३० हजार रुपैयाँ जरिवाना फैसला गरेको छ ।
न्यायाधीश तीर्थराज केसीको इजालासले सुनसरीको बराह क्षेत्र–८ घर भई उदयपुरको बेलुका नगरपालिका–३ मा व्यापार गर्दै आएका ६२ वर्षीय सुढीलाल चौधरीलाई उक्त सजाय सुनाएको हो । चौधरीले २०७४ फागुन २५ गते बेलुका नगरपालिका–३ की १४ वर्षीया बालिकालाई घर जाँदै गरेको समय जबरजस्ती पक्रेर घारीमा लगी बलात्कार गरेका थिए ।
यसैबीच जिल्लाको त्रियुगा नगरपालिका–३ बगाहाका राष्ट्रिय उच्चमाविका शिक्षक वीरेन्द्र बस्नेतलाई आफ्नै विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको अभियोगका प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बस्नेतले यही भदौ १० गते रातको समयमा आफ्नै विद्यालयका कक्षा ७ मा अध्ययन गर्ने १३ वर्षीया छात्राको घरमा गएर कोठामा प्रवेश गरी यौन दुव्र्यवहार गरेको आरोप लगाइएको छ । छात्रा कोठामा चिच्याएपछि बस्नेत फरार भएका थिए ।
छात्राका आफन्तले प्रहरीमा जाहेरी दिएपनि फरार रहँदै आएका बस्नेत गत शनिबार मात्रै पक्राउ परेका थिए ।
पक्राउ गरिएका बस्नेतलाई बालिका यौन दुव्र्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
Comment Here!