–महिला खबर–
ललितपुर । आगामी असोज दोस्रो सातादेखि काठमाडौंमा महिला भलिबल लिग हुने भएको छ ।
नेपाल भलिबल संघ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल लिग’ हुन लागेको हो ।
राखेपको कभर्डहलमा असोज १३ देखि १७ गतेसम्म हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मीका साथै चितवन टाइगर्स, पोखरा पिन्केज र न्यू डायमण्ड क्लबले प्रतिस्पर्धा नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
प्रतियोगिताको समूह ‘ए’ मा चितवन, न्यू डायमण्ड र आर्मी तथा समूह ‘बी’मा पुलिस, एपीएफ र पोखरा छन् ।
विजयी टिमले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ र तेस्रो हुनेले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि भएको आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटरसहित ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ ।
Comment Here!