आज मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस


प्रकाशित मिति :2018-09-05 10:34:37

-महिला खबर-

ललितपुर । आज मानव बेचबिखन विरुद्धको १२ औं राष्ट्रिय दिवस । विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

यो वर्ष ‘संघीयताको महत्वपूर्ण सारः मानव वेचविखन अन्त्यका लागि जिम्मेवारी र सहकार्य सहित गरौँ खबरदार’ भन्ने मूल नाराका साथ यो दिवस मनाइँदैछ ।

दिवसको अवसरमा आज बिहान ७ बजे विभिन्न काठमाडौंमा चेतनामूलक र्याली निकालिएको थियो । भृकुटी मण्डपबाट शुरु हुने र्याली सहिदगेट–रत्नपार्क हुँदै राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा पुगेर समापन भएको थियो ।

बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको दिनको सम्झनामा नेपालमा २०६४ सालदेखि मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन शुरू गरिएको हो ।

अन्तर्राष्ट्रिय स्तरमा भने यो दिवस जुलाई ३० तारिखमा मनाउने गरिन्छ । सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याएको छ । संविधानले मानव बेचबिखन तथा दास बनाएर राख्न नपाउने व्यवस्था छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: