समाचार प्रभाव : गरिबी निवारण कोषका उपाध्यक्षले राजीनामा दिए


प्रकाशित मिति :2018-09-05 10:43:01

–महिला खबर–

ललितपुर । गरिबी निवारण कोषका उपाध्यक्ष डा. यामबहादुर थापाले राजिनामा दिएका छन् । उनले हो मंगलबार राती प्रधानमन्त्री समक्ष इमेलमार्फत राजीनामा दिएका हुन् ।

कोषका उपाध्यक्ष डा. थापा विरुद्ध कोषकै सञ्चालक समितिमा यौन हिंसाको उजुरी परेको थियो । उक्त समाचार महिला खबरमा प्रकाशित भएपछि डा. थापाले राजीनामा दिएका हुन् ।

डा. थापाले गएको असार ४ गते कोषका ९ जना अधिकृतस्तरका कर्मचारी उपस्थित बैठकमा पदका लागि महिलाहरु आफ्नो इज्जत बेच्छन् । नेतासँग सुतेर सांसद हुन्छन् । सीडीओसँग सुतेर फाइदा लिन्छन्’ भनेका थिए । (उपाध्यक्ष डा. थापाले भनेको अडियो रेकर्ड महिला खबरसँग सुरक्षित छ ।)

उनको भनाइमा आपत्ति जनाउँदै कोषमा कार्यरत एक सहायक स्तरका महिला कर्मचारीले सञ्चालक समितिमा उपाध्यक्ष थापा विरुद्ध उजुरी दर्ता गरेकी थिईन् ।

उक्त समाचार महिला खबरमा प्रकाशित भएको थियो । गएको शुक्रबार समाचार प्रकाशित भएपछि मंगलबार उनको राजीनामा आएको हो ।

उनको राजीनामाबारे पुष्टि गर्दै गरिबी निवारण कोषका कार्यकारी अधिकृत नहकुल केसीले भने, ‘ तपाईंहरुकै समाचारको कारण उपाध्यक्ष ज्यूले राजीनामा दिनुभयो ।’ केसीका अनुसार मंगलबार बेलुका इमेलमार्फत प्रधानमन्त्री तथा गरिबी निवारण कोषका अध्यक्ष केपी शर्मा ओली समक्ष राजीनामा दिएका हुन् ।

उपाध्यक्ष डा. थापासँग भने महिला खबरले पटक पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन । तर, प्रधानमन्त्री कार्यालय सिंहदरबारले पनि उपाध्यक्ष डा. थापाको राजीनामा आएको पुष्टि गरे । कार्यालयका एक कर्मचारीले भने, ‘उपाध्यक्ष ज्यूको राजीनामा हिजो राती आएको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: