–महिला खबर–
ललितपुर । महिला खबर अनलाइनका सम्पादक लोग्शरी कुँवर पुरस्कृत भएकी छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले पत्रकारिता मार्फत मानव बेचबिखन विरुद्ध जागरण, नियन्त्रण तथा पुन: स्थापनामा भूमिका खेलेको भन्दै पुरस्कृत गरेको हो ।
१२ औं राष्ट्रिय मानव बेचबिखन दिवसको अवसर पारेर मन्त्रालयले आज काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा सम्पादक कुँवरलाई पुरस्कृत गरिएको हो ।
महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा र प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले सम्पादक कुँवरलाई दश हजार रुपैयाँ नगदसहित कदरपत्र हस्तान्तरण गरेका थिए ।
सम्पादक कुँवर १५ वर्षदेखि निरन्तर पत्रकारितामा छिन् । उनले यसअघि कैलालीबाट मर्निङ् बेल दैनिक पत्रिकाको सम्पादक/प्रकाशक भएर काम गरेकी थिईन् । उनी लैंगिक समानताको पक्षमा विशेष रुपमा कलम चलाउँदै आएकी छन् ।
Comment Here!