स्वास्थ्यकर्मीलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी


प्रकाशित मिति :2018-09-06 12:26:00

–महिला खबर–

ललितपुर । पाँचथरमा सुत्केरीको स्वास्थ्य संस्थामा ज्यान गएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीलाई कारबाही माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् ।

पाँचथरको याङवरक गाँउपालिका–३ का गीता देवान सेलिङको भदौ १७ गते आइतबार सुत्केरी हुन नसकी ज्यान गएको थियो ।

परिवारले ३ दिन अघि नै सोही वडामा रहेका वायम स्वास्थ्य चौकीमा पुर्याए पनि स्वास्थ्यकर्मीको वेवास्ताले ज्यान गएको भन्दै मृतकका श्रीमान समिर सेलिङले जिल्ला प्रहरी कार्यलयमा बुधबार जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।

उजुरीमा व्याथा लागेर समयमै स्वास्थ्य चौकी पुर्याउँदा समेत स्वास्थ्यकर्मीको लापरबाहीले श्रीमतीको ज्यान गएको भन्दै उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कारबाहीको माग गरिएको छ ।

जाहेरी पछि घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका डिएसपी नरेन्द्र कुँवरले बताए । यसअघि स्वास्थ्यकर्मीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले स्वास्थ्य चौकीमा ताला लगाएका थिए । प्रहरीले अनुसन्धान थालेपछि स्वास्थ्य चौकीमा लगाएको ताला खोलिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: