सासू, देवर र छिमेकी विरुद्ध उजुरी दर्ता


प्रकाशित मिति :2018-09-06 17:41:21

-महिला खबर-

ललितपुर । सासू, देवर र छिमेकी मिलेर छोरीलाई मारेको भन्दै अन्नु बर्माका माईतीपक्षले जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएका छन् ।

बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीकी २६ वर्षीया अन्नु बर्माको यही भदौ १५ गते बिहान घर नजिकै नालिमा शब फेला परेको थियो ।

१५ गते उनकै जेठानी सावरा बर्माले अन्नुको शब नालिमा देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । अन्नुको टाउको नालिमा र शरीर बाहिर रहको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

शवको प्रकृति हेर्दा बायाँपट्टी टाउकोमा गहिरो चोट र शरीरमा पनि निलडाम देखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका इनेस्पेक्टर रणबहादुर बिष्टले बताए ।

शबलाई पोष्टमार्टमका लागि अस्पताल पठाएपछि अन्नुका माइतीपक्षले छोरीको हत्या गरिएको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनाएको छ ।

आपनो नन्दलाई उनकी सासू र देवरले यो भन्दा अगाडि पनि पटक पटक झगडा गर्ने गरेकाले योजनाबद्ध तरिकाले हत्या गरिएको भन्दै मृतककी भाउजु बिन्दु बर्माले बताइन् ।

नन्दको हत्या गरिएको दाबी गर्दै कार्वाहीका लागि सासू धनदेही बर्मा, देवर बिरेन्द्र बर्मा र अर्का गाउँले हरिहर शाह विरुद्ध उजुरी दिएको प्रहरीले जनाएको छ । माइती पक्षको किटानीका आधारमा प्रहरीले सासू, देवर र छिमेकी हरिहरप्रसादलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: