अस्पतालकै पहिलो शल्यक्रियाले बच्यो रितुको जीवन


प्रकाशित मिति :2018-09-07 14:12:57

–प्रकाश सिंह–

बाजुरा । जिल्ला अस्पताल बाजुरामा मृत्युको मुखमा पुगेकी एक महिलाको सफल शल्यक्रिया भएको छ । गौमुल गाउँपालिका ४ की ३६ वर्षीया रितु रोकाया सानो आन्द्रामा समस्या देखिएपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई ३ महिनादेखि आन्द्रामा समस्या देखिएको थियो । तर उपचार खर्चको अभावले उनी ढिलोगरी अस्पताल गएकी हुन् ।

यो जिल्ला अस्पतालमा पहिलो पटकको ठूलो शल्यक्रिया भएको अस्पतालका चिकित्सकहरुले बताएका छन् । जिल्लामा नै रितुको उपचार नभएको भए उनको थप उपचार गर्ने अवस्था थिएन । आर्थिक अवस्था कम भएकोले महंगोमा उपचार गर्ने अवस्था थिएन ।

रितुको छिमेकी रमेश रोकायाले भने, ‘बाजुरामै उपचार भएकोले उनको ज्यान बच्यो ।’

अस्पतालका डाक्टर दुर्गा मर्हजनले भने, ‘उनलाई बचाउन सकिन्छ कि भनेर जिल्ला अस्पतालमै शल्यक्रिया गर्यौं, सफल भयो ।’

‘शहरबजारमा पनि ठूलो अस्पतालले गर्ने शल्यक्रिया यहि नै हो । यो अप्रेशन खर्च र अन्य खर्च गरेर चार-पाँच लाख रुपैयाँ भन्दा बढी लाग्थ्यो ।’ महर्जनले थपे, ‘तर, यहाँ पाँच हजार रुपैयाँमा शल्यक्रिया गरेका छौं । यो पनि सामान्य अप्रेशनका बेला सामानको शुल्क मात्र हो ।’

शल्यक्रियाका लागि डा. दुर्गा महर्जन, डा. टिका राई लगायत स्वास्थ्यकर्मीको टोलीले पाँच घण्टा लगाएका थिए । ‘आन्द्रामा घाउ भएर पुरै पिप जमेर संक्रमण फैलिसकेको थियो, निकै गाह्रो भएको थियो । सबैको सहयोगमा अप्रेशन सफल भयो’ डा. राईले बताए ।

जिल्ला अस्पतालमा एमडिजीपी डा. दुर्गा महर्जन र डा. टिका राईको टोलि आएसँगै अप्रेशन सेवा सुचारु भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला अस्पतालले न्यून शुल्कमा अप्रेशसन गर्ने गरेको छ । गरिब र विपन्न वर्गलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउन कम शुल्कमा उपचार सेवा दिने गरेको जिल्ला अस्पताल बाजुरा प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बताए ।

डा. दुर्गा महर्जन र डा. टिका राईलाई निक सीमोनस इन्स्टिच्युट नामक संस्थाले बिगत १ वर्षदेखि जिल्ला अस्पतालमा पठाएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा बाजुरा जिल्लामा शल्यक्रिया सेवा सुचारु गरेको थियो ।

बाजुरा जिल्लामा आकस्मिक प्रसूती सेवा दिनका लागि र अन्य अप्रेशनका लागि चिकित्सक नभएकाले संस्थाबाट चिकित्सकको व्यवस्था गरिएको निक सीमोनस इन्स्टिच्युटका सुदुरपश्चिम कार्यक्रम संयोजक प्रशान्त विक्रम शाहीले जानकारी गराए ।

आकस्मिक प्रसूती सेवा, हाइड्रोसिल सेवा, एपेन्डिसाइटी, हरनिया, हड्डि भाँच्चिएको लगायतको शल्यक्रिया भइरहेको छ ।

सामान्य शल्यक्रियादेखी लिएर एपेन्डिसाइट, हर्निया, हड्डि भाँच्चिएको शल्यक्रिया हुने भएपछि धनगढी, नेपालगञ्ज लगायतका शहरमा जानुपर्ने बाध्यता टरेको जिल्ला स्वास्थ्य कार्यालय बाजुरा सिनेर अहेब टेक बहादुर खड्काले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: