सीडको छाया प्रतिवेदनमाथि सुझाव संकलन


प्रकाशित मिति :2018-09-07 17:45:21

-महिला खबर-
ललितपुर । प्रदेश दुईको जनकपुरमा सीडको छाया प्रतिवेदनमाथि छलफलका साथै सुझाव संकलन गरिएको छ ।

प्रदेश स्तरिय छलफलका क्रममा शुक्रबार जनकपुरमा छलफलका साथै सुझाव संकलन गरिएको हो । कार्यक्रममा अधिवक्ता सृजना महर्जनले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेकी थिइन् ।

भने महिला अधिकार महासन्धि र छाया प्रतिवेदनमाथि अधिवक्ता रेखा तुलाचन र महासन्धिका धाराहरुका विषयमा अधिवक्ता लक्ष्मी पोखरेलले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

 

छलफलका क्रममा सहभागिले बेचबिखनबाट फर्किएका महिलाहरुको लागि राज्यले स्वरोजगारको व्यवस्था गर्नुपर्ने, आमाको नाममा नागरिकता पाउने प्रावधान कार्यान्वयन हुनुपर्ने, अनमेल विवाह विरुद्ध विशेष कानूनको व्यवस्था हुनुपर्ने, छोरीलाई अंश र वंश सम्बन्धी सवैधानिक व्यवस्थाको कार्यान्वयनमा जोड दिनुपर्ने लगायतका सुझाव दिएका थिए ।

यस्तै छलफलका क्रममा सहभागिले महिलाद्धारा सञ्चालित व्यवसायमा कर छुट तथा थप प्रोत्साहनको व्यवस्था हुनुपर्ने, महिलाका व्यवसायको लागि सहज र सरल ऋण प्राप्तिको व्यवस्था हुनुपर्ने र बालविवाह सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने सुझाव दिएका छन् ।

महिला कानून तथा विकास मञ्चको संयोजकत्वमा भएको कार्यक्रममा युएनएफपीएका क्षेत्रीय संयोजक नगेन्द्र मिश्रले प्रदेश नं २ को हिंसाका घटनालाई जेनेभासम्म पुग्ने विश्वास लिएको बताए ।
सञ्चारिका समूहका महासचिव कमला पन्थीले सहजिकरण गरेको कार्यक्रमको समापन अधिवक्ता रामविलास यादवले गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: