बलात्कार विरुद्ध सयदिने सञ्चार अभियान


प्रकाशित मिति :2018-09-09 12:57:34

–महिला खबर–

ललितपुर । सामुदायिक सुचना नेटवर्क (सीआईएन) ले बलात्कार विरुद्ध चेतना जगाउन एक सय दिनेसञ्चार अभियान सुरु गरेको छ । बलात्कार विरुद्ध मेरो प्रतिवद्धताः दुर्व्यवहार गर्दिन, दुर्व्यवहार सहन्न भन्ने नारासहित एक कार्यक्रमकाबीच अभियानको घोषणा गरिएको हो ।

सीआईएनको सभाकक्षमा बलात्कार विरुद्धको अभियानमा सहभागी भएका विभिन्न क्षेत्रका व्यक्तिहरुबीचको अन्तरक्रिया पश्चात अभियानको सुरुआत गरिएको हो ।

सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडाले बलात्कारका विरुद्ध देशभरिका सामुदायिक रेडियोसँगको सहकार्यमा सीआईएनले आवाज उठाउँदै आए पनि बलात्कारका घटना न्यूनीकरणका लागि विशेष अभियानको आवश्यकता महसुस भएकोले अभियान थालिएको बताए ।

अन्तरक्रियामा प्रतिनिधिसभाका सदस्य शशी श्रेष्ठले सबै जना मिलेर बलात्कार विरुद्ध सचेतना जगाउनुपर्ने धारणा राखिन् । उनले पाठ्यक्रममा पनि नै महिला हिंसा विरुद्धका सामग्रीसमावेश गर्नुपर्ने पनि बताईन् ।

आफूले संसदबाट निरन्तर रूपमा बलात्कार विरुद्ध बोलिरहेको बताउँदै सांसद श्रेष्ठले बलात्कार विरुद्ध भएको कानूनलाई कार्यान्वयन गराउनमा भूमिका खेल्ने प्रतिवद्धता जनाईन् ।

सोही कार्यक्रममा प्रतिनिधिसभाका सांसद मिनाक्षी झाले बलात्कार विरुद्धको ऐन कानून भएपनि कार्यान्वयनको पाटो फितलो भएकाले बलात्कारका घटना कम हुन नसकेको धारणा राखिन् । सडक र सदन दुबैतिरबाट बलात्कार विरुद्धमा आवाज उठाए यस्ता घटना कम हुने उनको विश्वास थियो ।

मनोचिकित्सक डाक्टर पशुपति महतले बलात्कारका समाचार लेख्दा र प्रसारण, प्रकाशन गर्दा पत्रकारले पनि ध्यान दिनुपर्ने धारणा राखे । बलात्कारका घटना कम गराउनको लागि पीडितलाई मात्रै नभई पीडकहरूलाई पनि परामर्श दिनुपर्ने उनको भनाई थियो ।

सोही कार्यक्रममा अर्का मनोविद तथा अधिवक्ता नानी थापाले बलात्कार विरुद्धका कानूनहरूका बारेमा सञ्चार माध्यमले प्राथामिकताका साथ सूचना तथा जानकारीहरू दिनुपर्ने बताइन् ।

कुरुदय सेल्फ डिफेन्स मार्सल आर्ट्का महासचिव सुरेन्द्रसिंह बिष्टले अलिकति तालिम लिए महिला तथा बालबालिकाले आफ्नो सुरक्षा आफै गर्न सक्ने भएकाले सञ्चार माध्यमले आत्मरक्षाका त्यस्ता तरिका सिकाउन पनि भूमिका खेल्नुपर्ने सुझाव दिए ।

अधिकारकर्मी रिता साहले बलात्कारका घटना कम गर्न पाठ्यक्रममा नै यस्ता विषय समावेश गरी सानो उमेरदेखि नै यसबारेमा जानकारी गराउनुपर्ने धारणा राखिन् ।

महिला खबर अनलाइनका सम्पादक लोग्शरी कुँवरले महिला खबरले निरन्तर बलात्कार विरुद्ध खबरदारी गरिरहेकोले महिला खबर हरेक दिन बलात्कार विरुद्धको अभियानमा रहेको बताईन् ।

बलात्कार विरुद्धको अभियन्ता साबित्री सुवेदीले साना नानीदेखि वृद्धाहरु पनि बलात्कार हुनु दुःखद भएको भन्दै बलात्कार विरुद्ध प्रहरी, सांसद र पत्रकारले भूमिका खेल्नुपर्ने उल्लेख गरिन् ।

बलात्कारीलाई फाँसीको सजाय हुने व्यवस्था नबनेसम्म बलात्कारका घटना कम नहुने भन्दै सुबेदीले बलात्कारीलाई फाँसीको सजायको व्यवस्था हुुनैपर्ने धारणा राखिन् ।

अभियन्ता सन्ध्या बिडारीले महिला तथा बालबालिकालाई हेर्ने पुरातनवादी सोच नबदलेसम्म बलात्कारका घटना कम नहुने बताईन् । अर्का अभियान्ता जस्मिन ओझाको बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने धारणा थियो ।

कार्यक्रममा सहभागी पत्रकार, सांसद, अधिकारकर्मी ,मनोचिकित्सक लगायतले बलात्कार विरुद्धको यो अभियानमा आ–आफ्नो क्षेत्रबाट साथ दिने प्रतिवद्धता समेत जनाए ।

अभियानमा बलात्कार विरुद्ध सचेतना कार्यक्रम चलाउने, बलात्कार विरुद्धका कानूनहरु रेडियोबाट प्रसारण गर्ने, स्थानीय तहका जनप्रतिनिधिदेखि संघीय संसदका सांसदहरुलाई बलात्कार विरुद्धको प्रतिवद्धता लिने सीआईएनका म्यानेजर आचार्यले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: