‘समाज रुपान्तरणमा पत्रकार महिलाको भूमिका महत्वपूर्ण’


प्रकाशित मिति :2018-09-09 16:46:37

-महिला खबर-

लमजुङ । समाज रुपान्तरणमा पत्रकार महिलाको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागिले जोड दिएका छन् ।

सञ्चारिका समुह जिल्ला शाखा लमजुङले आयोजना गरेको तीजको अवसरमा आयोजित शुभकामना आदानप्रदान साथै पत्रकार महिलाको अवसर र चुनौती विषयक अन्तरक्रियाका सहभागिले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बेसिशहर नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी अधिकारीले पत्रकारहरु राज्यको चौथौ अंगको रुपमा रहेको बताउँदै पत्रकार महिलाले सकारात्मक कुरालाई आत्मसाथ गर्दै नकारात्मक कुराहरुलाई हटाउनुपर्ने बताइन् । उनले पत्रकार महिलाहरुलाई चुनौतीलाई अवसरमा बदल्न आग्रह गरिन् ।

पत्रकार महिलाले समाज रुपान्तरणमा महत्वपुर्ण भुमीका खेल्ने भन्दै उनले उपप्रमुख अधिकारीले संवेदनशील भएर लाग्नुपर्नेमा जोड दिइन् ।

महिलाले लिएको नेतृत्वलाई सफल बनाउन पुरुषले पनि सहयोग गर्नुपर्ने र नकारात्मक विषयलाई नियन्त्रण गर्न कलम चलाउनुपर्नेमा जोड छ ।

कार्यक्रममा राइनस नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले पत्रकार महिलाका लागि धेरै अवसरहरु रहेको भन्दै हरेक कुरामा समाचार लेख्दा त्यसको गहिराइसम्म पुग्न जरुरी रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पत्रकारीता जगतमा पुरुष सरह पत्रकार महिलाहरुलाई पनि अवसर रहेको बताए ।
समाजमा विभिन्न साँस्कृतिक तथा पारिवारीक कारण महिला केही पछि पर्ने भएतापनि चुनौतीहरुको सामना गर्न सके सफल हुने उनले बताए ।

संचारिका समुह लमजुङका अध्यक्ष शान्ता कमलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव बसन्त भट्टले गरेकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: