गरिबी निवारण कोषका उपाध्यक्ष डा. थापालाई सजाय हुनुपर्ने माग


प्रकाशित मिति :2018-09-10 10:57:27

–महिला खबर–

ललितपुर । महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले गरिबी निवारण कोषका उपाध्यक्ष डा. याम बहादुर थापालाई सजाय हुनुपर्ने माग गरेको छ ।

उपाध्यक्ष थापाले महिलालाई प्रयोग गरेका आपतिजनक शब्दहरु प्रति सञ्जालको गम्भीर ध्यानाकर्षण भएको भन्दै राजीनामा गरेर मात्रै उनलाई उन्मुक्ति दिन नहुने सञ्जालको भनाइ छ ।

सञ्जालका सचिवालय संयोजक नारायणी देवकोटाद्वारा जारी विज्ञप्तीमा उपाध्यक्ष थापाले राजीनामा गर्दैमा छुट नहुने उल्लेख छ ।

विज्ञप्तीमा थापालाई यथोचित सजाय हुनुपर्ने भन्दै सार्बजनिक रुपमा महिलासँग माफी माग्नुपर्ने माग समेत गरिएको छ ।

हेर्नुस् विज्ञप्तीको पूर्ण पाठः

आदरणीय सबैमा नमस्कार !

गरिबी निवारण कोषका उपाध्यक्ष श्री याम बहादुर थापाले महिलालाई प्रयोग गरेको आपतिजनक शब्दहरु प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
पछिल्लो समयमा देशभर महिला तथा बालबालिका माथि बलात्कार र बलात्कार पछि बालिकाहरुको हत्या र यौन दुब्यवहार भएका घटनाहरुलाई महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले गम्भिरताका साथ लिंदै, देशै भरि भएका घटनामा उचित अनुसन्धान गरि सहि पीडकको पहिचान, पिडित÷प्रभावितको न्यायका लागि “बलात्कार बिरुद्ध” विशेष अभियान संचालन गरिरहेको छ । समाजमा रहेको महिलालाई हेर्ने विभेदकारी सोचका कारण यति बेला हरेक क्षण महिला माथि विभिन्न प्रकारका हिंसा हुने गरेका छन् भन्ने हाम्रो ठम्यै छ । यस्तो अवस्थामा हामी हरेक सम्बेधनशिल भई यस्ता हिंसाहरुको अन्त्य हुने बातावरण निर्माण गर्नु पर्ने हो । सार्बजनिक पद धारण गर्ने, सामाजिक रुपमा प्रभाव पुर्याउने व्यक्तिहरु अझ बढी जिम्मेबार हुनु आवश्यक छ ।

संविधानले दिएको समानताको हक, हिंसा मुक्त जीवन बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि पनि सार्वजनिक पद धारण गर्नु पर्नेहरुमा बिशेष दाईत्व बोध हुनुपर्ने हो । तर अपशोच गरिबी निवारण कोषका उपाध्यक्ष जस्तो व्यक्तिले त्यस्ता शब्द प्रयोग गरि नेपली महिलाको सम्मान, गरिमा एवं अस्मितामा नै चोट पु¥याउने काम भएको छ । यसका साथै गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल के.सीले महिला कर्मचारी प्रति यौन दुब्यवहार गरेको र त्यसमा मिलापत्र गरिएको भन्ने जानकारी आउनु देशकै लागि दुर्भाग्य हो । सरकारले अख्तियार गरेको महिला हिंसा बिरुद्धको शुन्य सहनशीलताको नीतिको ठाडो उल्लङ्घन हो । कार्यकारी निर्देशकले गरेको कर्तुतलाई बाहिर ल्याउने विषयमा छलफल गर्न बसेको बैठकमा कोषका तत्कालिन उपाध्यक्ष डा. यम बहादुर थापाले ‘पदका लागि महिलाहरू आफ्नो इज्जत बेच्छन् । नेतासँग सुतेर सांसद हुन्छन् । सीडीओसँग सुतेर फाईदा लिन्छन्’ भनि सम्पूर्ण महिलाहरुलाई लान्छना लगाउने गरि अपमानित गर्नुले त्यत्रो गरिमामय पदमा बस्नेले महिलालाई हेर्ने दृष्टिकोण सार्वजनिक भएको छ । यो अपराध हो । देशको कानून अनुसार पनि यसलाई यौन दुर्ब्यबहार मान्नु पर्दछ ।

तसर्थ यसप्रकारको दुब्यवहार गर्ने व्यक्तिले राजिनामा गर्दैमा छुट पाउनु हुँदैन । माथिल्लो तहमा बसेर यस प्रकारको अपराध गर्ने व्यक्तिले सजाय नपाए भने देशमा दण्डहीनता र महिला माथि हिंसाको अन्त्य हुँदैन भन्ने हाम्रो ठहर छ । तसर्थ महिला मानवअधिकार रक्षक सञ्जाल याम बहादुर थापालाई यथोचित सजाय, सार्बजनिक रुपमा महिलासँग माफी माग्ने कार्य अबिलम्ब होस् भन्ने माग गर्दछौ । साथै गरिबी निवारण कोषका कार्यकारी निर्देशक श्री नहकुल के.सी.ले आफ्ना महिला कर्मचारी प्रति यौन दुब्र्यबहार गरेको भनिएको घटनामा अबिलम्ब छानबिन समिति गठन गर्न र दोषी पाईएमा हदै सम्मको कार्वाही गरियोस भनि सम्माननिय प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौ ।

नारायणी देवकोटा
सचिवालय संयोजक
महिला मानवअधिकार रक्षक राष्ट्रिय सञ्जाल

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: