बलात्कार विरुद्ध संचारिकाको हस्ताक्षर संकलन


प्रकाशित मिति :2018-09-10 12:27:33

–पुजा पन्थी–

बुटवल । बलात्कार विरुद्ध सरकारको ध्यानाकर्षण गराउन सञ्चारिका समूह लुम्बिनीले बुटवलमा हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।

बिहीबार बुटवलको पुस्पलाल पार्कमा बिहान ११ बजेदेखी दिउँसो २ बजेसम्म हस्ताक्षर संकलन गरिएको थियो ।

सञ्चारिका समूह लुम्बिनी अध्यक्ष अमृता अनमोलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसीले चेतनाको अभावले गर्दा बलात्कार जस्तो जघन्य अपराध हुने गरेको बताए ।

बुटवलमा भएको कार्यक्रममा १ हजार जनाले हस्ताक्षर गरेको सञ्चारिका समूहकी उपाध्यक्ष निरु गौतमले जानकारी दिइन् ।

कार्यक्रममा प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी तथा केही सासंद महिलाहरूले पनि ऐक्यवद्धता जनाउदै हस्ताक्षर गरेका थिए ।

संकलन गरिएको हस्ताक्षर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम रहेको सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष अनमोलले जानकारी दिईन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही, अन्तर पार्टी महिला सञ्जाल तिलोत्तम नगरपालिका, दलित महिला संघ(फेडो), महिला जेसीस, स्वतन्त्र बिकास समाज, रेडियो मुक्ति, रेडियो रिपब्लीक, सिद्वार्थ सामुदायीक समाज, सेलर्ड रुपन्देही, कदम नेपाल, लगायतका संघ संस्थाहरूले ऐकेबद्वता जनाएका थिए ।

कार्यक्रमको सञ्चालन सञ्चारिका समूहका महासचिव मिना ढकालले गरेकि थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: