बाँधि राख न ल आमा


प्रकाशित मिति :2018-09-11 12:35:33

आमाले कसौडीमा पकाएको
त्यो खिरको स्वाद
जहाँ मिसिएको थियो
मायाका बास्नाहरू
अनि आमाले मुसुक्क मुस्कुराउदै
त्यो कालो कान्तिमा भुटेका
ती आलुका स्वादहरूसंगै
पिढीमा जम्मा भएका
दिदीबहिनीका गन्थनहरूसंगै
सधैं भन्ने गर्थे
बाँधि राख न ल आमा मलाई
तिम्रो त्यही मायाको पटुकीले
अनि पाकेपछि त्यो खिरलाई
खुवाई देउ न ल
वटुकीमा राखेर तिम्रै हातले

त्यो चाम्रे र आलुतामाका स्वादहरूसंगै
जिब्रो फड्काउदै तिमीले बनाएको
त्यो काक्रो र केराउको अचारलाई चाख्ने हक
मलाइ बाहेक अरुलाई दियौ भने
तिम्रो त्यो पछयौरीलाई तान्दै भन्ने गर्थे
सधैंभरि तिमीलाई म
यसरी नै सताइ रहन्छु ।

रुपा थापा

बजारमा देखेको त्यो रातो चुरा, धागो र टीकाले
तिमीलाई नै सम्झाउथ्यो र म सुटुक्क
त्यो रातो चुरा, धागो र टिका किनेर ल्याउथे
जुन तिम्रै थैलीबाट तिमी निदाउदा खेरी
मैले लुसुक्क झिकेकी थिएँ
तिमीले आश्चर्य मानेर हेर्दा
मुसुक मुसुकुराउदै गरेका बा ले
चौकिदार झैँ बनेर मेरो बचाऊ गर्दा
म फुरुङ्ग पर्थे र
तिम्रो काखमा बसिरहेको भाईलाई पर हटाऊदै
तिम्रो अंगालोमा बाँधिएर भन्ने गर्थे
आमा सधैंभरि मलाई यसरी नै
तिम्रो मायाको अंगालोमा बाधी राख न ल !

तीजको त्यो मेलामा घन्किएका
ती विरहका भाकाहरूसंगै
तिम्रो आँखा रसाउँदा
मेरा रसाएका आँखाहरूसंग
लत्पतिएका गाजलहरूलाई तिमीले पुछिदिँदा
तिम्रा रसाएका आँखाहरू हेर्दै भन्ने गर्थे
ए पिंची बुढी
मेरा यी रसाएका आँखाहरूलाई
सधैंभरि तिम्रो पछ्यौरीले यसरी नै पुछिदेउ न ल
अनि त्यही तिम्रो पछ्यौरीसंगै
मलाई पनि सधैंभरि
तिम्रै साथमा लिएर हिँड न ल
कहिले पनि नछुटिने गरी
अनि सधैंभरि मलाई पनि
तिम्रा पाउजुका डोरीहरूसंगै बाँधि राख न ल
तिम्रा त्यही पाऊहरूसंग कहिले पनि नछुट्टिने गरी
अनि सधैंभरि मेरो निम्ति त्यसरी नै
त्यो मायाको कसौँडीमा
तिम्रो मायाको सुगन्ध थपेर
पकाएको त्यो एक बटुकी खिर
सधैंभरि तिम्रै हातले
यसरी नै खुवाई देउ न ल !

अनि बिहानै तिमीले पकाएको त्यो चियासंगै
ए अल्छि केटी अब त उठ
भनेर मलाई झक्झक्याउँदा
मैले सुनेर पनि नसुने झैं गरेपछि
तिमी फर्कन लाग्दा
तिम्रो त्यो हातलाई समाएर भन्ने गर्थें
सधैभरि मलाई यसरि नै ब्यूझाइदेउ न ल
तिम्रो त्यो हातको चुराहरू बजाउँदै
अनि धेरै माया मिसिएको
तिम्रो त्यही आवाजहरूसँगै
तिमीले चुल्ठीमा बाँधेको
त्यो रातो धागोको फुर्कोजस्तै
बाँधीराख न ल आमा
सधैंभरि मलाई पनि
तिम्रो त्यही चुल्ठीमा ।

रुपा थापा
विदुर १ ढुंगे नुवाकोट

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: