तीन वर्षमा ६ हजार महिलाले गरे आत्महत्या


बालकको तुलनामा बालिका बढी

प्रकाशित मिति :2018-09-11 15:28:03

–महिला खबर–

ललितपुर । नेपालमा आत्महत्या गर्ने महिलाको संख्या दिन प्रतिदिन बढ्दो छ । घरेलु हिंसा र सामाजिक हिंसाका कारण महिलाहरू आत्महत्या गर्न बाध्य भएका छन् ।

नेपाल प्रहरीको तथ्यांक अनुसार तीन वर्षको अवधिमा ६ हजार ४ सय ७९ जना महिलाले आत्म हत्या गरेका छन् । आत्महत्याको दरलाई हेर्दा पछिल्लो आर्थिक वर्षमा यो संख्या बढेको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७२-७३ मा २ हजार ६३ जना महिलाले आत्महत्या गरेका थिए ।

जसमा विष खाएर ५ सय ५२, आगो लगाएर १७, झुण्डिएर १ हजार ४ सय ६१, औजार हातहतियारबाट १ र डुबेर ४ जनाले आत्महत्या गरे ।

यस्तै आर्थिक वर्ष २०७३-७४ मा आत्महत्या गर्ने महिलाको दर बढेको छ । उक्त आर्थिक वर्षमा २ हजार १ सय ७४ महिलाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

सो अवधिमा विष खाएर ५ सय ९१, आगोलगाएर १८, भुण्डिएर १ हजार ५ सय २१, औजार हातहतियारबाट १, हाम फालेर २६ र डबेर १७ जनाले आत्महत्या गरेका थिए ।

यस्तै आर्थिक वर्ष २०७४-७५ मा २ हजार २ सय ४२ जना महिलाले आत्महत्या गरेका छन् ।
जसअन्तरगत विष आएर ६ सय ७१, आगो लगाएर ११, झुण्डिएर १ हजार ५ सय २७, हाम फालेर २६ र डुवेर ७ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्ने बालिका बढी

प्रहरीको तथ्यांक अनुसार आत्महत्या गर्नेमा बालकको तुलनामा बालिका बढी छन् । आर्थिक वर्ष २०७२-७३ मा विष खाएर २२ बालक र ८ बालिकले आत्म हत्या गरेका थिए ।

यस्तै झुण्डिएर ६५ बालक र ७९ बालिकाले आत्महत्या गरेका थिए भने हाम फालेर १ जना बालकले आत्महत्या गरेका थिए ।

यस्तै आर्थिक वर्ष २०७३-७४ मा १ सय ८५ बालिका, र १ सय १९ बालकले आत्महत्या गरेका छन् । यो बालकको तुलनामा ६६ ले बढी हो ।

जसमा विष खाएर १७ बालक, २६ बालिका, आगो लगाएर १ बालिका, झुण्डिएर १ सय ४९ बालिका, ९९ सय बालक, हाम फालेर १ बालक र डुबेर २ बालक र ९ बालिकाले आत्महत्या गरेका छन् ।

यस्तै आर्थिक वर्ष २०७४-७५ मा १ सय ३९ बालिका र १ सय ११ बालकले आत्महत्या गरेका छन् ।

जसमा विषय खाएर आत्महत्या गर्ने बालक १८ र बालिका १९, झुण्डिएर बालक ९१ र बालिका १ सय १८, हाम फालेर बालक १, बालिका १ र डुबेर आत्महत्या गर्ने बालक र बालिका १-१ जना रहेका छन् ।

हरेक आत्महत्याको हत्यारा हुन्छ

नानी थापा, मनोसामाजिक विमर्सकर्ता एवं अधिवक्ता

हरेक मृत्युको हत्यारा हुँदैन । तर हरेक आत्महत्याको हत्यारा हुन्छ । कसैको प्रभाव र दबाब बिना मान्छेले आत्महत्या जस्तो पीडादायी काम गर्न सक्दैन ।

समाजका कारण आत्महत्या गर्ने मान्छेहरू धेरै छन् । समाजसँगको डर, त्रास, दबाब र लाजले गर्दा मान्छे आफैलाई मार्न बाध्य भएको हुन्छ ।

आत्महत्या गर्ने व्यक्तिले पुरै तयारी गरेको हुन्छ । उसले वर्षौदेखि तयारी गरिराखेको हुन्छ । सुसाइट नोट लेख्ने, दुई चार दिन अगाडि औषधी पसलमा गएको, डोरीहरू तयार गरेर राखेको, अग्लो ठाउँ खोजेको, रुखमा चढेको हुन्छ । कुनै पनि व्यक्तिले ७ देखि १० सेकेन्डमा आत्महत्याको सोच बनाउँछ ।

महिला आत्महत्याको कारण हिंसा नै हुन्छ । हिंसामुक्त महिलाले आत्महत्या गर्नै सक्दैन ।

जस्तो श्रीमान–श्रीमतीबीचको झैँझगडा, प्रेमी–प्रेमिकाबीच बिछोड, श्रीमानले अत्यधिक रक्सी÷मादक पदार्थ सेवन गर्नु, दोस्रो विवाह गरेमा वा श्रीमतीलाई लुकाएर अर्को सम्बन्ध राखेमा, वैदेशिक रोजगारबाट तनाव, अंशबन्डाको झगडा, सासूबुहारी बीचको झगडा लगायत थुप्रै कारणले सामाजिक, आर्थिक तथा व्यक्तिगत तनाव उत्पन्न हुन्छ । जसले गर्दा महिलाहरू आत्महत्या गर्न बाध्य हुन्छन् ।

सामाजिक साँस्कृतिक कारणले पनि बालिकाहरू बढी आत्महत्या गर्न बाध्य छन् ।
बालबालिकालाई पहिले मानसिक रुपमा प्रेसर पर्न जान्छ । अनि आत्महत्या गर्न बाध्य हुन्छन् । आत्म हत्या गर्ने व्यक्तिले निराशाजनक कुरा गर्छ । त्यसलाई परिवारले निगरानी राख्नुपर्ने हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: